प्रबासी नेपाली मन्च अमेरिका केन्टोकी राज्य कमिटी बैठक सम्पन्न र सामाजिक गतिबिधिमा तिब्रता दिने निर्णय

|

अमेरिका/ नेपाली मन्च अमेरिका केन्टोकी राज्य कमिटी बैठकमा सामाजिक गतिबिधिमा तिब्रता दिने र राष्टिय कमिटीको साधारण सभामा बाक्लो उपस्थितीको हुने निर्णय साथ सम्पन्न भएको छ ।
प्रबासी नेपाली मन्च अमेरिका,केन्टोकि राज्य कमिटी बैठकमा बिभिन्न बिषयमा छलफल गरि सम्पन्न भएको छ ।
उक्त बैठकमा संगठनका अध्यक्ष टेकराज भट्टराईले अध्यक्षता ग्रहण गर्र्नुभएको थियो भने प्रमुख अतिथि प्रबासी नेपाली मन्च महादेशिय कमिटी सदस्य केशबराज लोहनिले गर्नु भएको थियो ।

उक्त बैठकमा बिशिस्ट अतिथिहरुमा केन्द्रीय कमिटी बरिष्ठ उपाध्यक्ष गोपाल कडेल, काठमाडौं महानगरपालिका वडा न. ९ का निबर्वतमान डा अध्यक्ष, नेकपा एमाले जिल्ला कमिटी सदस्य राम कृष्ण श्रेष्ठ अतिथिहरुमा राष्ट्रीय कमिटी सदस्य शकर लुङेली, घनश्याम खनाल, मोहनी डुम्रे , एक नारायण सुबेदी ,समाजसेबी अर्जुन किशोर न्यौपाने लगायत कमिटीमा आबद्द साथिहरुको उपस्थितिमा सम्पन्न भयो , उक्त बैठकमा भनाई राख्ने क्रममा अधिकाम्स युबा बक्ता हरुले सामाजिक गतिबिधी तिब्र बनाउनु पर्ने कुरा मा जोड दिनु भयो भने आगामी दिनमा एन आर एन को गतिबिधीको सकारात्मक भुमिकालाई सहयोग गर्ने र कुनै पनि खाले नकारात्मक गतिबिधि हुन नदिन नजिक बाट नियालेर खबर्दारी गर्नु पर्ने र यसमा स्टेट कमिटि को अहम भुमिका हुनुपर्नेमा जोड सामाजिक रुपमा सक्रिय रहदै आउनुभएको सन्तोष के .सी ले र प्रमुख अतिथिले केशबराज लोहनिले जोड दिनु भयो।

यसै गरी सस्थालाई समाजमा स्थापित गर्न बर्षभरी के के गर्ने हो बार्षिक क्यालेन्डर बनाएर अगाडी बढेमा सस्था मजबुदी हुने कुरा कार्यक्रमको अत्तिथि शकर लुङेली ले जोड दिनु भयो भने सस्थामा आबद्द साथिहरु ब्याबसायिक रुपमा कसरी स्थापित गर्न सकिन्छ सो को अध्ययन गर्दै ब्याबसायमा जोड्ने कुरा मा पनि ध्यान दिनु पर्ने कुरा एन आर एन ए केन्टोकी राज्यको निबर्तमान सचिब अर्जुन किशोर न्यौपानेले जोड दिनु भयो ।

र साथै भनाई राख्ने क्रममा केन्द्रिय बरिष्ठ उपाध्यक्ष गोपाल कडेलले क्यालिफोर्नियामा हुने बार्षिक साधारण सभामा केन्टोकी राज्यको उपस्थिति ब्यापक हुन ध्यानदिन पर्ने र सङगठन समाजमा स्थापित हुन सस्था अनुशासित भएर समाजिक गतिबिधि सन्चालन गर्न निर्देशनात्मक भनाई राख्नु भयो भने यस बैठक उक्त स्टेटको सचिब शिब शकर देबकोटाले सन्चालन गर्नु भएको कुरा प्रबासी नेपाली मन्च अमेरिका केन्द्रीय सदस्यशकर लुङेलीले द वल्ड नेपाल न्युजलाई जानकारी दिनुभयो ।

२०८० चैत्र ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।