नेपाल परेड तथा भलिवल प्रतियोगिता हुने

|

सानफ्रान्सिस्को/ गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्, अमेरिका , क्यालिफोर्निया राज्य च्याप्टर, नेपाल आदिवासी जनजाती महासंघ सहीत विभिन्न संघ संस्थाहरुको संयुक्त आयोजनामा एनआरएनए कप भलिवल प्रतियोगिता हुने भएको छ । संघको वेष्ट रिजन कमिटि, नेपाल आदिवासी जनजाती महासंघ,क्यालिफोर्नियाको स्थानीय कमिटि लगायत सानफ्रान्सिस्कोमा सक्रिय संघ संस्थाहरुको संयुक्त आयोजनामा अप्रिल १२ र १३ मा भलिवल प्रतियोगिता हुन लागेको हो ।

भलिवल प्रतियोगिता सँगैं अप्रिल १४ गते नेपाल डे समेत मनाईने र सो अवसरमा नेपाली कला संस्कृति झल्कने झाँकी सहीत परेडको आयोजना गरिने एनआरएनए क्यालिफोर्निया च्याप्टर अध्यक्ष हरी ओझाले जानकारी दिए ।

नेपाल परेड तथा भलिवल प्रतियोगिताका लागि कन्वेनियर नेपाल आदिवासी जनजाती महासंघ क्यालिफोर्नियाका अध्यक्ष प्रकाश लामाले गर्नु भएको छ।

भलिवल प्रतियोगितामा प्रथम हुने समूहलाई १२ हजार, दोस्रो हुने समूहलाई ७ हजार, तेस्रो हुने समूहलाई ५ हजार र चौथो हुने समूहलाई २ हजार नगद सहीत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् । साथै आयोजकले सहभागि हुन चाहने टोलीलाई दर्ता गर्न आग्रह गरेका छन् । दर्ता शुल्क ५ सय राखिएको छ ।

२०८० फाल्गुन ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।