चौध लाख पचास हजार रुपियाँ COVID-19 मातृभुमि नेपाल सहयोग

|

दु:खमा मातृभुमी सम्झिने मूस्ताङ किदुग यु.एस.ए, अमेरिकाले COVID -19 कोरोना कहरबाट पिडित नेपालका प्रभावित क्षेत्र र ब्यक्तिहरुलाई जम्म रु.14,50,138 ( चौध लाख पचास हजार एक सय अठतिस) आर्थिक नगद रकम सहयोग वितरणको लागि निम्न तपसिलका नेपालका मानविय संघ संस्थाहरुलाई हस्तान्तरण गरिएको छ।

साथै COVID -19 ,कोरोना कहरबाट बाट सुरक्षित रहनको लागि अमेरिकको न्युयोर्कमा किदुगका सदस्य रहेका प्रत्येक घरधुरीका सदस्यहरुलाई पुग्ने गरी सुरक्षाको लागि सुरक्षित सामान 6 हजार NK 95 तथा सर्जिकल माक्स अर्थात आफनै लगानीमा $6500अमेरिकी डलर बराबरको सामाग्री बितरण पनि गरिएको छ। धर्म र काममा बिश्वास राख्ने मुस्ताङगेहरु अनगन्तिरुपमा निकै उल्लखनिय कामहरु भैरहेको अबस्था छ।

 

 

यो महान मानविय कार्यहरुको लागि किदुगका अध्यक्ष पेमा छिरिङ गुरुङज्यू , सदस्य सचिव मानाव गुरुङज्यु लगायत वर्तमान कार्य समिति तथा सदा सहयोग गर्नु हुने धर्म ,कर्म र काममा बिश्वास राख्नु हुने न्युयोर्कका सम्पुर्ण मुस्ताङबासी दिदिबहिनी तथा दाजुभाईहरु सदा धन्यवादको पात्र हुनु हुन्छ  भन्दै संरक्षक तथा निवर्तमान अध्यक्ष राज कुमार बिष्ट मातृभुमिमा परेको अबस्थामा मानविय कार्यमा मुस्ताङबासी अमेरिका जहिले पनि सहयोग गरिदै आईरहेको ईन्डोनेसिय सुनामी हुदै मातृभुमी भुकम्पको महामारी ,तराई बाढी पैरो , लाप्रा पुनर्निमाण , मुस्ताङ काठमण्डौ गुम्बा निर्माण लगायत अनगन्ती विगतका ईतिहासहरु छर्लाङ रहेको छ।

मानविय कार्यमा अमेरिकामा रहेको मुस्ताङ किदुग यु.एस.ए, अमेरिकामा आफनो जन-समुदायमा होस् वा मातृभुमि नेपालमा होस् सधै अग्रिमपङतिमा रहेर सहयोग गरिरहेका छन् । किदुगको आर्थिक सहयोगलाई हस्तान्तरण गरी सम्बन्धित पिडित पक्षलाई प्रत्यक्ष रुपमा वितरण गरिदिनु हुने नेपाल सम्पूर्ण परोपकारी संस्थाहरुलाई मुस्ताङ किदुग अमेरिका हार्दिक धन्यवादका सहित सधै सामाजिक रूपान्तरणमा अघि बढिरहने अध्यक्ष पेम छिरिङ गुरुङ बताउछन्।

 तपशिलमा नेपालमा हस्तान्तरण गरिएको रकम तथा सम्बन्धित मानविय तथा परोपकारी संस्थाहरु उल्लेख गरिएको छ ।

 

 

उक्त संस्थाहरु Red Cross Society Mustang Rs.1,00,000. (एक लाख),Krishna Kadel तथा Indreni Pariwar Rs 3,00,000 (तिन लाख), Joint Disabled Unity Awaz Center Rs.1,00,000 (एक लाख), Bara Gaon Mukti Chetra Village municipality Rs 2,00,000 (दुई लाख), Maggie Doyne @ BlinkNow Foundation Rs 3,00,000. (तिन लाख) Bhagya Neupaney Rs 2,00,000 (दुई लाख), आमाको घर (Dil Shova Shrestha) Rs 1,00,000, (एक लाख), असहाय, अपांग,अनाथहरुको सहयोगका लागि सहारा घर Rs 1,00,000 (एक लाख ), Baby Life Home Organization taking care of Children with HIV Positive Rs 50,000 ( पचास हज़ार ) सहयोग गरेका छन् ।

२०७७ असार १४, आईतवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।