नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश

|

काठमाडौँ । अफगानिस्तानमाथि १ विकेटको  विजय हात पार्दै नेपाल आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा पुगेको छ । आकाश चन्दले बलिङ र कप्तान देव खनालले ब्याटिङमा राम्रो  प्रदर्शन गरेपछि समूहचरणको निर्णायक खेलमा नेपालले अफगानिस्तानको चुनौतीलाई पन्छाउँदै दोस्रो चरण पुगेको हो ।

आकाशले ५ विकेट लिएपछि पहिला ब्याटिङ गरेको अफगानिस्तानलाई नेपालले ४०.१ ओभरमा अलआउट गरेको थियो । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा देवले ५८ रन बनाएपछि नेपालले ४४.४ ओभरमा विजय लक्ष्य पूरा गरेको हो । नेपालले सन् २०११ यता पहिलो पटक अफगानिस्तानलाई पराजित गरेको हो ।

यस नतिजापछि नेपाल तेस्रो पटक यू–१९ विश्वकपको दोस्रो चरणमा पुगेको हो । यसअघि श्रीलंकामा सन् २००० मा र बंगलादेशमा २०१६ मा भएको यू–१९ विश्वकपमा पनि नेपालले पहिलो चरण पार गरेको थियो ।

२०८० माघ १२, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।