
नेपालगन्ज / नेपालगन्जमा नयाँ ब्यवसाय प्रवर्धन कार्यक्रम अन्तर्गत आज डेमो डे अर्थात इन्क्युबेटरहरुको सिकाइ आदान प्रदान सम्मेलन सम्पन्न भएको छ । उद्यमशिलता विकासको लागि नयाँ सोच भएका नव उद्यमीलाई व्यवसाय गर्न नविन सोच, ज्ञान, सीपका माध्यबाट सहयोग गर्ने उद्धेश्यले नेपालगन्ज उपमहानगरपालिका र युएसआइडी नेपालको सहयोग एवं अन्तरप्रेरणा प्रा.लि.को सहजीकरणमा नयाँ व्यवसाय प्रवद्र्धन कार्यक्रम सन्चालन भएको थियो ।
सो कार्यक्रम अन्तर्गत यस उप–महानगरपालिकामा “नव उद्यमशाला सन्चालन गरिएको थियो । सो अन्तर्गत उनीहरुले यस अवधीमा नविन सोच, ज्ञान, सीपका माध्यमबाट आफ्नो व्यवसायलाई थप परिष्कृत गर्न सफल भई विशेष गरी नेपालगन्जमा नवउद्यमीहरुका लागि उपयुक्त लगानीमैत्री वातावरण सृजना गर्न सहयोग पुग्नका लागि डेमो डे अर्थात इन्क्युबेटरहरुको सिकाइ आदान प्रदान सम्मेलनको आयोजना गरिएको अन्तरप्रेरणा प्रा.लि.का बिजनेश इन्क्युबेशन प्रबन्धक असिम श्रेष्ठले जानकारी दिए ।
सो सम्मेलनमा प्रमुख अतिथि संघीय साँसद सूर्य प्रसाद ढकालले देशलाई उन्नति र प्रगति गर्नको लागि २४ घण्टा नै काम गर्ने वातावरण सिर्जना गर्नु पर्ने र युवाहरुलाई उद्यममा लगाउनु पर्नेमा जोड दिनुभयो ।
त्यसैगरि लम्की चुहा नगरपालिकाका मेयर सुशिला शाहीले महिला हिसा रोकथाम गर्नको लागि महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनु पर्ने र सघीय सरकारले दिने आर्थिक अनुदानमा स्थानीय पालिकाहरुलाई अनुगमन गर्न अधिकार दिनु पर्नेमा जोडदिनुभयो । सो सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव भिम रानाभाट, पूर्व अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ, ब्यवसायी विनोद अग्रहरी, द भिलेज क्याफेका म्यानेजर गजेन्द्र मल्ल, नेपालगन्ज उपमहानगरपालिकाका कृष्ण प्रसाद जोशी लगायत विभिन्न ब्यापारी तथा ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
सो इन्क्युबेटरहरुको सिकाइ आदान प्रदान सम्मेलनमा नव उद्यमीहरु कैलालीका गणेश ढकाल, नेपालगन्जका एलिना बिसी, खजुराका अरुणा गुरुङ, बर्दियाका प्रकाश विश्वकर्मा, नेपालगन्जका बिन्दु जोशी, नेपालगन्जका जगदिश चौधरी, नेपालगन्जका मिना केसीले आ–आफनो सिकाई आदान–प्रदान गर्नुभएको थियो । सो कार्यक्रम अन्तरप्रेरणा प्रा.लि.का बिजनेश इन्क्युबेशन प्रबन्धक असिम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको बिजनेश इन्क्युबेशन अधिकृत ऋतिक शाहीले जानकारी दिनुभयो ।