दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा वडा नं. १ बि विजयी

|

वडा नं.८ उप विजेता

बर्दिया । बढैयाताल गाउँपालिकाको शान्तिपुरमा दोश्रो वडा स्तरीय फुटबल प्रतियोगितामा आज भएको फाइन खेलमा वडा न १ बि ले वडा न.८ लाई ० गोलको विरुद्ध २ गोल प्रहार गरि वडा नं.१ बिजयी भएको छ । वडा नं.१ का खेलाडी आशिष सिहं ठकुरी र विकास खत्रीले १/१ गोल गरेका थिए । वडा नं. ८ उपविजेता भएको छ । फाइनल खेल एकदम प्रतिष्पर्धात्मक रहेको थियो । श्री जगम्बिका माविको खेल मैदानमा भएको फाइनल खेल हेर्न दर्शकहरुको घुईचो रहेको थियो ।

न्यु शान्ति स्पोर्ट्स क्लबको आयोजना तथा बढैयाताल गाउँ पालिका वडा न. १ को समन्वयमा सो फुटबल प्रतियोगिता शुरु भएको थियो। खेलको नेपागन्ज ग्यालरी फेसबुक पेजमार्फत प्रत्यक्ष प्रशारणको ब्यवस्था मिलाईएको क्लबका अध्यक्ष प्रेम पुनले जानकारी दिनुभयो । खेलमा प्रथम हुनेलाई ५० हजार र दोस्रो हुनेलाई २५ हजार नगदसहित सम्मान गरिएको वडा न.१ वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्रीले बताउनुभयो । खेल सन्चालनमा सहयोग गर्ने सहयोगीदाताहरुलाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।

सो खेल अवधिभर उत्कृष्ठ खेल प्रर्दशन गरे वापत वडा नं. १ बि का पवन थापा मगर र वडा नंं८ का खेलाडी अरुण चलाउने घोषणा भएका थिए । दुवै जनालाई नगद रु. ३४०० प्रदान गरिएको थियो । खेल अवधिभर सर्वाधिक गोल गर्ने वडा नं.१ बि टिमका आशिष सिहं ठकुरीलाई नगद रु. ५५०० प्रदान गरिएको थियो । ठकुरीले खेल अवधिभर जम्मा ५ गोल गर्न सफल भएका थिए ।

विजेता र उपविजेतालाई प्रमुख अतिथि बढैयाताल गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी अधिकारी, वडा नं.१ का वडा अध्यक्ष प्रेम बहादुर थापा क्षेत्री र क्लबका अध्यक्ष प्रेम पुनले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो ।

 

२०८० पुष १६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।