बसन्त लम्सालको कोरोना सम्बन्धी लिरिकल भिडियो रिलिज

|

अमेरिका,

कोरोनाले विश्व नै प्रभावित भैरहेको अबस्थामा चर्चित गायक तथा संगीतकार बसन्त लम्सालको कोरोना सम्बन्धी लिरिकल भिडियो रिलिज भएको छ । नेपाल आईडल तेस्रो सिजनका चर्चित प्रतियोगी प्रविण वेडवालको स्वर रहेको सो गीतको रचना एवं संगीत पनि बसन्त लम्सालले गरेका छन् ।

सो गीतलाई बुढासुव्बा डिजिटलले सार्वजानिक गरेको छ ।

लम्साल कहिले आफनै स्वर दिएर त कहिले अरुको लागी रचना एवं संगीत दिएर नेपाल गीतसंगीतको मोह नछोडेको वताउछन् । जन्म स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको तिम्रो जस्तो मुटु, प्रसिद्ध गायक नरेन्द्र प्यासीको स्वर रहेको के भुल भयो प्रिया जस्ता मर्मस्पर्षी गीतहरु नेपाल आईडलको स्टेजमा गाएर धेरै संगीतप्रेमी दर्शक स्रोताको मन मुटुभित्र बसेका प्रविणले गाएको यो गीतले संगीतप्रेमीहरुलाई मात्र छुदैन समग्र मानवजगततको ध्यान आकर्षित गरिदिएको छ ।

उता रेडियो नेपालमा गीत गाएर आफ्नो संगीत यात्रालाई सुभमुहुर्त गरेका संगीतकर्मी लम्साल पछिल्लो समय अमेरिकाको कोलोराडोमा वस्दै आएका छन् ।

उनको गीतमा मानव जगतलाई कोरोनाले दिएको चुनौती र यसको प्रत्यक्ष असरको विषयलाई चित्रण गरिएको छ । कोरोनाको असरले जिउदाको जन्ति र मर्दाको मलामीको उखान नै उल्टाईदिएको छ गीतले शव्दमार्फत वोलेको छ । उक्त गितमा पछिल्लो पुस्ताले आफुलाई कोरोनाले दिएको पीडा सहेर अरुलाई विशेषगरि पछिल्लो नयाँ पुस्तालाई केहिनहोस् भन्ने सन्देश छ ।

 

 

थप सामग्रीका लागी हेर्नुहोस् www.worldnepalnews.com

२०७७ असार १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।