
क्यालिफोर्निया/ लसएन्जल्स नेपाली समुदायमा एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो, यस बर्ष तमु -ल्होसारको सन्दर्भमा लसएन्जल्स गुरुङ सोसाईटीले (new year’s eve) को दिन साउदर्न क्यालिल्फोर्निया लसएन्जल्समा तमु -ल्होसार मनाउन भव्य तयारी पुरा भैसकेको छ ।
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो । जसले आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्ने उध्येश्यका साथ आफ्नो संस्कृति मनाउदै आईरहेको छ ।
यहि आगामी डिसेम्बर ३१ तारिख आईतबारको दिन Venue:- 1410 W 7th St, Upland, CA 91786 अबस्थित Swad of India,Royal Banquet Hall मा भव्यताका साथ गुरुङ समुदायको तमु -ल्होसार पर्व मनाउने भव्य तयारि भैरहेको छ ।
यसपाली गुरुङ समुदायको मुख्य पर्व तमु ल्होसार-२०२३ को अवसरमा Voice of Nepal तेस्रो सिजनका विजेता किरण गज्मेरको दमदार प्रस्तुति हुनेछ, त्यसैगरि चर्चित लोकदोहोरी गायक कृष्ण कंडेल र साथमा न्युयोर्कबासी कलाकार/मोडेल रन्जिता गुरुङ पनि हुनेछिन् ।
साथै स्थानिय लोक दोहोरी कलाकार कृष्ण देवकोटाको प्रस्तुती रहनेछ भने नृत्यमा गुरुङ कलाकार खेम गुरुङ,जुलियट गुरुङ र अमिशा गुरुङको पनि दमदार प्रस्तुति रहनेछ।
प्रवासमा रहेर पनि आफ्नो नेपाली संस्कृतिको जगेर्ना गर्ने हेतुले साउदर्न क्यालिफोर्नियाबासी सम्पुर्ण नेपालीहरु लगायत गुरुङ समुदायलाई नयाँ बर्ष तथा तमु ल्होसारको अवसरमा शुभकामना ब्यक्त गर्दै सोसाईटीका अध्यक्ष ज्ञानेन्द्र गुरुङ तथा आयोजक पक्षले सम्पुर्ण लसएन्जल्सबासी नेपालीहरुलाई उपस्थिति भैदिनु हुन यसै सुचना मार्फत आह्वान समेत गरेका छन् साथै सो कार्यक्रमको लागि पु्र्ण तयारी भैसकेको द वल्ड नेपाल न्युजलाई जानकारी गराएका छन् ।