क्यालिफोर्निया लसएन्जल्सका गुरुङ समुदायले तमु ल्होछार -२०२३ भव्य रुपमा मनाउदै

|

क्यालिफोर्निया/ लसएन्जल्स नेपाली समुदायमा एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो, यस बर्ष तमु ल्होछारको सन्दर्भमा गुरुङ समुदायले( new year’s eve) अग्रेजी नयाँ बर्षको अघिल्लो दिनमा साउदर्न क्यालिल्फोर्निया लसएन्जल्समा विशेष कार्यक्रमका साथ भव्य तमु ल्होछार -2023 मनाउने भएका छन् ।
यहि आगामी डिसेम्बर ३१ तारिख आईतबारको दिन Venue:-
1410 W 7th St, Upland, CA 91786 अबस्थित Swad of India,Royal Banquet Hall मा भव्यताका साथ गुरुङ समुदायको तमु ल्होछार पर्व मनाउने भव्य तयारि भैरहेको छ ।

यसपाली तमु समुदायको मुख्य पर्व तमु ल्होछार -2023 को अवसरमा Voice of Nepal तेस्रो सिजनका विजेता किरण गज्मेरको दमदार प्रस्तुति हुनेछ र साथमा न्युयोर्कबासी कलाकार/मोडेल रन्जिता गुरुङ पनि हुनेछिन् र स्थानिय लोक दोहोरी कलाकार कृष्ण देवकोटाको प्रस्तुती रहनेछ भने नृत्यमा गुरुङ कलाकार खेम गुरुङको पनि प्रस्तुति हुनेछ ।
 
नेपालका विभिन्न जातिका छुट्टा-छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज हो । जसले आफ्नो पहिचानलाई हरेक बर्ष विदेशी भूमिमा पनि प्रबर्धन र सम्बर्धन गर्ने उध्येशका साथ आफ्नो संस्कृति मनाउदै आईरहेको छ ।
प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परा अनुसारको चाडपर्व मन्थन पाउनु सिङ्गो नेपालको लागि गौरव भएको बताउदै सम्पुर्ण नेपालीहरुलाई नयाँ बर्ष तथा तमु ल्होछारको सन्दर्भमा हार्दिक शुभकामन सहित मनोरंन्जनात्मक ढंगले ल्होछार मनाउनको निम्ति संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले साउदर्न क्यालिफोर्निया क्षेत्रका सम्पुर्ण नेपालीहरुलाई साथ र सहयोगका साथ उपस्थिति हुन आह्वान समेत यसै सुचना मार्फत गरेका छन् ।

२०८० मंसिर १९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।