अमेरिका मा पछिल्लो चरणमा एकै दिनमा ४० हजार कोभिड-१९ बाट संक्रमित

|

अमेरिकामा पछिल्लो दोस्रो चरणमा सबै राज्यहरु धमाधम खुल्दै गरेको अवस्थामा एकै दिनमा ४० हजार कोभिड-१९ बाट संक्रमित भएका छन् । उक्त तथ्यांक जन हप्किन्स बिश्व बिद्यालयले गत बिहिबार जुन २५ का दिन सार्वजनिक गरेको हो ।

२४ घण्टा भित्र ३९ हजार ८ सय १८ संक्रमित भएको बिश्वबिद्यालयले जनाएको छ । हाल सम्म अमेरिकामा २४ लाख मानिस संक्रमित छ भने १ लाख २४ हजारको मृत्यु नै भईसकेको छ ।

गत अप्रिल २४ का दिन एकै दिनमा ३६ हजार २ सय ९१ संक्रमित भएका थिए भने जुन २५ का दिन एकै दिनमा ४० हजार कोभिड-१९ बाट संक्रमित देखिएको छ ।

हाल अमेरिकामा सबै भन्दा ज्यादा संक्रमित हुने राज्य टेक्सस रहेको छ भने गत सोमाबर एकै दिनमा ६ हजार संक्रमित भएका थिए । त्यसै गरि क्यालिफोर्निया र फ्लोरिडामा पनि संक्रमित को संख्या अत्यधिक द्रुतगतिमा वृद्धि भएको छ ।

श्रोत : सिएनएन

२०७७ असार १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।