स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा नियुक्त

|

काठमाडौ । अर्थविद डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)काे उपसभापति नियुक्त भएका छन् । सोमबारदेखि बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले डा. वाग्लेलाई उपसभापति बनाउने निर्णय गरेको हो ।

डा. वाग्ले अर्का उपसभापति डिपी अर्यालपछिको वरीयता तोकिएको छ । कांग्रेसले संघीय निर्वाचनमा टिकट नदिएपछि असन्तुष्ट रहेका वाग्ले गत वैशाखको उपचुनावअघि रास्वपा प्रवेश गरेका थिए ।

रास्वपा प्रवेश गरेर उनी तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ मा रास्वपाबाट चुनाव लडेका थिए । कांग्रेसका गाेविन्द भट्टराईलाई हराउँदै उनी सांसद निर्वाचित भएका थिए ।

 

२०८० मंसिर १३, बुधबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।