अमेरिकामा कोरोना महामारीको चपेटामा परेको समयमा ट्रम्प प्रशासनले ओबामा केयर बिमा रद्ध गर्न सर्वोच्च अदालतलाई आग्रह गरेको छ ।गत जुन २५ का दिन न्याय विभागले सर्वोच्च अदालतलाई एफोर्डेबल केयर ऐनलाई अवैध बनाउन भनेको हो ।
उक्त आग्रह गर्दै गर्दा अमेरिकामा कोभिड-१९ बाट १ लाख २६ हजारको मृत्यु भैसकेको छ भने २४ लाख मानिस संक्रमित भएका छन् । उनीहरुले यो तर्क प्रस्तुत गरेका छन् कि व्यक्तिगत जनादेश असंवैधानिक छ र बाँकी कानूनलाई पनि यसैमा हटाउनु पर्छ भनेका छन् ।
सर्वेक्षणमा मतदाताहरूका लागि स्वास्थ्य सेवा एउटा शीर्ष मुद्दा हो । हालका डेमोक्र्याटिकका राष्ट्रपतिका उम्मेद्वार जो बाइडेन उप राष्ट्रपति हुँदा ओबामाकेयर आएको थियो । न्याय विभागले सर्वोच्च अदालतलाई एफोर्डेबल केयर ऐनलाई अवैध बनाउन भनेको हो ।
श्रोत :सिएनएन