राष्ट्रिय युवा संघ र दुर्गा पर्साईको शक्ति प्रदर्शन

|

काठमाडौं । आज बिहीबार नेकपा एमालेका जनसंगठन र राजावादी अभियानका दुर्गा प्रसाईँले काठमाडौंमा अलग ठाउँमा शक्ति प्रदर्शन गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल लगायत एमालेका जनवर्गीय संगठनको आयोजनामा काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा जनप्रदर्शन गरेका थिए भने देश बचाउ अभियानको नाम दिएर राजावादीहरूले दुर्गा प्रसाईँको नेतृत्वमा बल्खुमा प्रदर्शन गरेका छन् ।

नेकपा एमालेको युवा संगठनले देशमा बढ्दो अराजकता, भ्रष्टाचार, अनियमितता र सत्ता गठबन्धनको कुशासनका विरुद्ध आजको प्रदर्शन घोषणा गरेको थियो । राष्ट्रिय युवा संघ नेपाललाई काउण्टर दिन र एमालेका जनसंगठनको कार्यक्रम भाँड्न दुर्गा प्रसाईँले पनि ७ गते नै कार्यक्रम जुधाउनु भएको थियो । जसमा गठबन्धन सरकारको समेत मौन समर्थन थियो ।

दुवै पक्षले माइतीघर मण्डलामा नै प्रदर्शन गर्ने बताएपछि सरकारले माइतीघर मण्डला, सिंहदरबार लगायतका क्षेत्रमा निषेधाज्ञा जारी गरेको थियो । ती क्षेत्रमा निषेधाज्ञा जारी गर्दै सरकारले एमालेका जनसंगठनलाई तीनकुने र प्रसाईँलाई बल्खु क्षेत्र तोकिएको थियो ।

धेरैले हिंसात्मक हुने आशंका गरेको एमालेका जनसंगठनको कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । बल्खुमा युवा–विद्यार्थीलाई भड्काउन प्रसाईंका कार्यकर्यकर्ताले मोटर साइकल ¥यालीमा ढुंगा हानेका थिए । त्यस पछि पनि प्रसाईंका कार्यकर्ताले प्रहरीलाई बारम्बार ढुंगा हानेर स्थिति भड्काउने प्रयास गरेका थिए । बल्खु क्षेत्रमा दिनभरि जस्तो झडप भएको थियो ।

२०८० मंसिर ७, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।