योगराज ढकाल (रिगल) द्वारा बाँके प्रहरीसमक्ष आत्मसमर्पण

|

काठमाडौ । सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल (रिगल) ले बाँके प्रहरीसमक्ष आज आत्मसमर्पण गरेका छन्।

बिहीबार रिगल आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्।

संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय मिनाहा गर्ने निर्णय बदर गर्दै सर्वोच्च अदालतले उनलाई तत्काल पक्राउ गर्न आदेश दिएको थियो।

२०८० कार्तिक १६, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।