
नेपालगन्ज / बाँकेको नेपालगन्जमा आज फुलपातीको दिनबाट जैविक कपडा(कोक्रोमा)को उत्पादनहरु अनलाईन मार्फत बिक्री वितरण शुरु भएको छ । कोक्रोमा एक नेपाली बालबालिकाको लुगा ब्रान्ड हो जसले सीमान्तकृत महिलाहरूलाई सशक्त बनाउँछ र कैदीहरूले बुनेको कपडाहरू प्रयोग गर्छ । कपासद्धारा सफ कारीगढहरूको हस्तनिर्मित सीप र कडा परिश्रमले उत्पादन गरिएको बालबालिकाको कपडा उत्पादन र बजारीकरण गर्ने कार्य गर्दै आएको छ ।
आगामाी दिनमा बालबालिकाको पास्नी र न्वारानको लागि कम्बो उपहार प्याक र पोषणयुक्त आहाराहरु पनि उपलब्ध गराईने नाना चाचाका सन्चालक निता जिसीले बताउनुभयो । पश्चिम नेपालमै पहिलो पटक कोक्रोमाको उत्पादनहरु अनलाईन मार्फत बिक्री वितरण शुरु गरिएको उहाँले बताउनुभयो । कोक्रोमाको उत्पादनहरु रसायन र एलर्जीहरुको जोखिम कम गर्ने खालका जैविक कपडाहरु रहेका छन् । अहिले बाँके जिल्लाको नेपालगन्ज , खजुरा र कोहलपुर क्षेत्रमा सेवा दिने लक्ष्य रहेको र आगामी दिनमा माग बढेमा लुम्बिनी र कर्णाली प्रदेश भरि नै सेवा विस्तार गरिने योजना रहेको सन्चालक जिसीे जानकारी दिनुभयो ।
फुर्सद तथा खाली समयमा केही नयाँ कार्य गर्ने सोच आएको र नेपाली जैविक कपडा अर्थात रैथाने कपडाहरुलाई प्रवद्र्धन गर्ने उद्धेश्यले यो अनलाईन ब्यापार सन्चालन गरिएको जिसीले बताउनु भयो । पहिलो उद्घाटनको दिनमै सन्तोषजनक बिक्रि भएकोले उत्साह हौशला तथा उत्साह थपिएको जिसीले बताउनुभयो ।
को हुन त निता जिसी ?
काठमाण्डौं निवासी हाल नेपालगन्जमा बसोबास गर्दै आउनु भएका निता जिसी काठमाण्डौंमा होटल म्यानेजमेण्ट विषय अध्ययन पश्चात ६ बर्ष चिनमा बसी त्यहाँको एक पाँच तारे होटलमा अतिथि सम्बन्ध प्रबन्धकको रुपमा कार्यरत लामो अनुभव रहेको छ । साथै नेपालमा सभा नेपालद्धारा सन्चालित द भिलेज क्याफेमा अपरेशन म्यानेजरको रूपमा समेत कार्य गरेको अनुभव रहेको छ । उनी अङ्ग्रेजी र चिनियाँ भाषामा राम्रो दक्षता भएको बहुभाषी हुन् । उनीसँग कफी बरिष्टाको राम्रो ज्ञान पनि छ । हाल उनी कोक्रोमाको फ्रेन्चाइच नाना चाचा खोलेर अनलाईन मार्फत बालबालिकाको लागि उत्पादन गरिएको कपडाहरु बिक्रि वितरण गर्दै हुनु हुन्छ ।