एनआरएनएको अध्यक्षमा डा.केसी विजयी, पराजित समुहको छानविन हुनुपर्ने माग

|

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.बद्रि केसी निर्वाचित भएका छन् । काठमाडौंको सोल्टी होटलमा भएको मतदान र मतगठनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी जापानका महेशकुमार श्रेष्ठलाई पराजित गर्दै डा.केसी विजेता घोषित भएका छन् ।

अध्यक्षमा तीनजना प्रतिष्पर्धी थिए । त्यसैगरी रोजिना प्रधान राई, डा.निर्मल श्रेष्ठ, डा.हेमराज शर्मा, रामशरण सिंखडासहितले उपाध्यक्ष पद जितेका छन् । संघको महासचिवमा अमेरिकाका गौरी जोशीले जित हात पारे । उनका निकटतम प्रतिष्पर्धी अमेरिकाबाटै बुद्धि सुवेदी थिए ।

तीन मुख्य समूह भएर चुनाव लडेका गैरआवासीय नेपाली संघका अभियन्ताहरुमा पराजय भोगेका कतिपयले अहिले सोल्टी होटलमा हार अस्वीकार गर्दै अभिव्यक्तिहरु सार्वजानिक गरेका छन् । विशेषत नेपाली कांग्रेस पार्टीका तर्फबाट आधिकारिक उम्मेद्वारहरु बनाएका अध्यक्ष, महासचिवसहित कतिपय पदाधिकारीमा हार व्यहोरेपछि हार स्वीकार गर्न आनाकानी गरेका हुन् ।

त्यसैगरी हार र जितलाई सहज स्वीकार्न नसकी अस्वीकार गर्ने समूहले निर्वाचन प्रक्रियाबारे व्यापक छानविन हुनुपर्ने माग गरेको छ ।
अमेरिकाबाट उपाध्यक्ष पदमा उठेर पराजित भएका डा.केशब पौडेलसहितले निर्वाचन परिणाम अस्वीकार गर्दै माफियाको प्रभाव परेको आरोप लगाएका छन् ।

२०८० कार्तिक २, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।