नबिन खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन

|

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज नगर समिति आजबाट पुणर्ता 

बाँके । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगञ्ज नगर समितिले आजबाट पुणर्ता पाएको छ ।

पार्टी सभापति रवि लामिछानेको प्रमुख उपस्थितीमा शनिवार सम्पन्न नगर भेलाबाट सभापतिमा गुप्त बहादुर खड्का (नबिन) सर्वसम्मत चयन भएका छन् । नगर भेलाबाट खड्काको नेतृत्वमा ११ सदस्यीय नगर समिति गठन भएको बाँके क्षेत्र नं. २ का सभापति विवेक कुमार श्रेष्ठले जानकारी दिए ।

यस्तै, नगर भेलाले उप–सभापतिमा अर्चना पोखरेललाई चयन गरेको छ । सचिवमा घनश्याम भट्ट, कोषाध्यक्षमा बुद्धिसागर सुवेदी तथा सदस्यहरुमा कृष्ण प्रसाद मरासिनी, हरिलाल उपाध्याय, असलम अलि कबडिया, नरेन्द्र श्रेष्ठ, स्नेहा प्रसाईं, निभा कुमारी सोनी र बिनिता आचार्य चयन भएका क्षेत्रीय सभापति श्रेष्ठले जानकारी दिए ।

२०८० आश्विन १३, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।