भारतमा २४ घण्टामा करिब १५ हजार कोरोना संक्रमित थपिए

|

काठमाडौं ।

भारतमा कोरोना भाइरस संक्रमितको संख्याले ४ लाख ४० हजार पार गरेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा करिब १५ हजार नयाँ संक्रमित भेटिएका छन् । भारतीय स्वास्थ्य मन्त्रालयले जारी गरेको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा १४ हजार ९ सय ९३ जना नयाँ संक्रमित थपिएका छन् ।

यसअवधिमा ३ सय १२ जनाको ज्यान गएको छ । यस्तै, देशभर मृत्यु हुनेको कुल संख्या १४ हजार ११ पुगेको छ ।

महाराष्ट्रपछि राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित क्षेत्र हो । त्यहाँ ६२ हजार बढी मानिस कोरोनाबाट संक्रमित छन् भने २ हजार २ सय ३३ जनाको ज्यान गएको छ। सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्यमा मात्रै संक्रमित व्यक्तिको संख्या एक लाख ३५ हजार धेरै पुगेको छ । त्यहाँ ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ ।

 

२०७७ असार ९, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।