एनआरएनए अमेरिकाको अध्यक्षमा डा:अर्जुन बन्जाडे

|

अमेरिका/गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डाक्टर अर्जुन बन्जाडे पाँच हजार सात सय ३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का प्रत्यासी दिलु पराजुलीले चार हजार आठ सय छ मत प्राप्त गरी उपबिजेता भएका छन् । निर्वाचन समितिले जारी गरेको मत परिणाम अनुसार पाँच हजार सात सय ३९ मत प्राप्त गरी बन्जाडे अध्यक्षमा बिजयी भएका हुन् ।
यस्तै सन् २०२३ २०२५ कार्यकालका लागि वरिष्ठ उपाध्यक्षमा बिकास उप्रेती बिजयी भएका छन् । उनले चार हजार नौ सय ४५ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी अन्जन चौलागाई चार हजार ७ सय ३५ मत प्राप्त गरी उपबिजेता भए ।

परिर्वतन अपरिहार्य छ भन्ने नाराका साथ चुनावमा होमिएका बन्जाडेले नौ सय ३३ मतको फराकिलो मतान्तर सहित नेतृत्व सम्हाल्ने गरी चुनिएका छन् यसैगरी समितिको चार उपाध्यक्षमा भानु खेरल, प्रेम तामाङ, ज्ञानेन्द्र गुरुङ र नेत्र पाण्डे बिजयी भएका छन् ।
यसैगरी महिला उपाध्यक्षमा सुनिता सापकोटा, युवा उपाध्यक्षमा अनुप खनाल बिजयी भएका छन् ।

कार्यसमितिको महासचिवमा रामहरी अधिकारी बिजयी भएका छन् । उनले पाँच हजार एक सय ९७ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी गोपेन्द्र भट्टराईले चार हजार चार सय ३९ मत प्राप्त गरेका छन् । यस्तै सचिवमा दिपक सापकोटा बिजयी भएका छन् ।

यस्तै महिला सचिवमा शान्ति पौड्याल, कोषाध्यक्षमा सरोज सिग्देल, सहकोषाध्यक्षमा दिवाकर पाण्डे, युवा संयोजकमा तेज पौडेल, महिला संयोजकमा सुनिता खत्री बिजयी भएका छन् ।
यसैगरी बोर्ड सदस्यमा डाक्टर गंगाधर आचार्य, बल राई, बिष्णु बराल, निमा शेर्पा, बासुदेव भाट, लक्ष्मण दर्लामी, मोहन कुसारी र नवराज न्यौपाने बिजयी भएका छन् । यस्तै महिला बोर्ड सदस्यमा दुर्गा तिवारी, रितादेवी प्रधान, सृजना शर्मा र सरस्वती शर्मा बिजयी भए ।

२०८० श्रावण ८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।