जब मानिस गर्न नहुने काम गर्छ, जुन काम उसको समाज, परिबारले पचाउदैन अनि हामी भन्छौं त्यसले सबैलाई मुख छोप्ने बनायो ।
हो, आज कोरोनाले विश्वका सबै मनुवाहरुलाई मुख छोप्ने बनाएकोछ । सोचौ त, कतै यो प्रकृतीले हामीलाई भनिरहेको त होइन् तिमीहरु मुख देखाउन लायक छैनौं भनेर ?
हुन त, हामीले विकासका धेरै ठूला कुरा गरिहरेकाछौं । यहाँ सम्मकी, हामी चन्द्रमामा बस्ती बसाउने प्रस्तिपर्धा गरिरहेकाछौं । एक देशले अर्कोलाई धम्कि दिई रहेकाछौं, भनिरहेका र्छौ, म सँग हजारौं माइल हान्न सक्ने क्षेप्यास्त्र छ । मैले चाहेमा तिमीहरुलाई तुरुन्तै ध्वस्त पार्न सक्छु ।
यिनै बहादुरीताका विच कोरोनाले हाम्रा यी सबै घमण्डहरुलाई चकनाचुर पार्दै भनिरहेकोछ, हे मनुवाहरु हो तिमीहरु मुख देखाउन लायक छैनौं, मुख छोपेर हिड । साच्चै पनि हामी मुख छोपेर हिडी रहेकाछौं ।
हामी मनुवाहरु आफुलाई स्वतन्त्रताको पर्याबाची ठान्छौं । ठूला ठूला दस्ताबेज हरु तयार गरेका छौं, सिद्धान्तहरु बनाएका छौं । मानव अधिकारका असंख्य प्रस्तावनाहरु अघि सारेका छौं ।
तर आज विश्वलाई नै प्रकृतीले जेल बनाएको छ ,सबका सब मनुवाहरुलाई आफुले नै बनाएको भव्य महलहरुमा बन्दि बनाइदिएकोछ र भनिरहेको छ, हे मनुवा तिमी सच्चिएनौं भने तिम्रो अस्तित्व मै प्रश्न उठ्नेछ ।
के प्रकृतीले मानिसहरुसँग युद्ध छेडिरहेको त छैन ? मानिसहरुले आफ्नो सुख सुविधाको लागी रुख, पात, हरियाली सबै नास्दै गएका छन् ,ठूला ठूला भवन देखी आधुनिक संरचनाहरुले पृथ्विको छाती कुल्चिरहेका छन् । त्यसको बदलामा प्रकृतीले कतै मानवहरुलाई पृथ्वि छोड्नको लागी चेताउनी त दिदै गरेको हैन ? कतै प्रकृतीले मनुवाहरुलाई पृथ्विबाट नै हटाउन खोजको छ होइन् ? मननिय छ ।
आज जति पनि संक्रामक रोगहरुसँग मनुवाहरुले लडिरहेका छन्, ७५ प्रतिशत यी रोगहरु पशुबाट मानिसमा फैलिएको प्रमाणीत भएको छ ।
यो २० बर्षमा मात्र हामीले लडेका रोगहरुबारे सोचौं त, २००२ मा देखिएको एभियन फ्लू र सार्स जसको कारण ८०० भन्दा माथिको ज्यान गएको थियो भने बिलीलीयन रकम विश्वले गुमाएको थियो । त्यस्तै २०१२ को मेर्स जसको कारण पनि भण्डै ८५० भन्दा बढिले ज्यान गुमाएको थिए भने २०१४ मा देखिएको इबोला जसले ११ हजार भन्दा बढिको ज्यान लिएको थियो र यी सबै पशुबाट मानिसमा प्रबेश गरेका थियो ।
भनिन्छ प्रकृती निर्मम हुन्छ, हामीले प्रकृतीको निर्ममतालाई चिन्न सकिरहेका छैनौं वा पटक पटक प्रकृतीले दिएको ति पूर्ब संकेतहरुलाई वेवास्ता गरिरहेकाछौं । जति हामीले प्रकृतीको चेतावनीलाई बेवास्ता गर्दैछौं त्यती नै निर्मम हुदै प्रकृती आएको देखिन्छ । यो २० बर्षको दौरानमा देखिएको यो कोभिड –१९ ले पक्कै असोचनिय मानिसको ज्यान लिने संकेत देखिदैछ भने आर्थिकरुपमा विश्वले ठुलो नोक्सानी व्यहोर्नु पर्ने निश्चित छ ।
मानिस मांसहारी हो की शाकाहारी ? यो पनि सोचनिय छ । किनकी प्रकृतीले सबै प्राणीहरुलाई उनीहरुको बनावट, क्षमता र आचरण तोकि दिएको छ ? के हामी मानबहरु प्रकृतीले दिएको अनुशासनमा रहेका छौं ?
धेरै बैज्ञानिकहरु र अनुशन्धानकर्ताहरुको मन्यता छ की मानिसको दाँत मांसहारीको लागी बनेको होइन । यसकारण मानिस बास्तवमा जन्मदै शाकाहारी हुन् ।
बेदमा पनि प्रष्ट भनिएको छ की जसरी बाघ, विरालो आदिलाई मासु खाने अनुमती दिइएको छ त्यसै गरि मनुस्यलाई बनस्पती र फलफुल मात्र खाने अनुमति दिईएकोछ । बनस्पती खादा हुने हत्याको पनि प्रायश्चितको लागी प्रत्येक तिन तिन महिनामा दान, रुद्री र लक्ष्मिनारायण पुजा गरी माफी माग्नु पर्ने विधानमा उल्लेख गरेको छ ।
यसरी प्रकृतीको विरुद्ध हामी प्रकृतीसँग लडिरहेका छौं । यस्ता धेरै कामहरु हामीले गरि रहेका छौं जसको कारण आज प्रकृतीले हामीलाई दण्ड दिएको छ ।
के हुन हामीले प्रकृती माथि गरेको हमला, जसको कारण प्रकृती सम्पूर्ण मावन जगतसँग रिसाएको छ ।
पहिलो, बन जंगलहरुको विनास र बन क्षेत्रहरु माथि मानवको अतिक्रमण जसबाट बन क्षेत्रमा विचरण गर्ने, बस्ने प्राणीहरुको बासस्थानमा अतिक्रमण भएकोछ जसको कारण उनीहरु मानबबस्ति नजिक सर्दैछन् जसबाट प्रत्यक्षरुपमा उनीहरुसँग रहेको जिवाणु मानव शरिरमा सहजै प्रबेश गरिरहेका छन् ।
दोश्रो, गैर कानूनी र लापरबाही पूर्ण जंगली जनवारहरुको ओसार पसार । विशेष गरि जंगली जनवारहरुको गैर कानूनी ओसारपसार विश्वमा अत्यधिक बढेको पाइएकोछ जसबाट ओसारपसार गर्नको लागी अबश्यक मापदण्डको पालन नहुने र यस प्रकारको ओसार पसारको नियमन नहुने भएकोले पशुहरुबाट मानिसमा जिवाणु सर्ने प्रकृया बढिरहेको छ ।
तेश्रो, खेती र पशुपक्षीहरुको उत्पादनमा भएको बैज्ञानिकीकरण । विज्ञानले खेती र पशुपक्षी पालनमा गरेको विकास जसलाई हामी हाइब्रिड भन्ने गरेको छौं । यसरी प्रयोगशालाबाट तयार गरिएको विउ, विजन तथा पंक्षिहरुबाट उत्पादन त धेरै बढेको छ तर उत्पादन सगै आएको यसको प्रभावले मानिसमा ठूलो असर पारेको छ ।
साथ साथै जसरी हामीले किटनाशक औषधीको प्रयोग गरिरहेका छौं यसबाट पुथ्विको इकोसिस्टमको लागी आबश्यक जिब, किटहरु पनि नास गरिरहेकार्छौ अनि मानिसको स्वस्थ्यमा प्रत्यक्ष हानि पनि पुर्याई रहेकाछौं जसबाट हामीले रोगसँग लड्ने क्षमता गुमाई रहेका छौ ।
त्यस्तै अबस्था पशुपक्षिहरुको उत्पादनमा पनि रहेकोछ । हामीले प्राकृतिक भन्दा कृतीम रुपमा गर्ने हाइब्रिडबाट हुने उत्पादनको कारण उनीहरुबाट जिवाणुहरु सहजै सरल रुपमा मानिसमा सर्ने अबस्था सिर्जना भएको छ ।
चौथो, मौसममा आएको परिर्बतन । मानवजातीले प्रकृतीको हरेक क्षेत्रमा दोहन गरेकोछ । मानवको उत्पती र बाच्नको लागी चाहिने जुन बातबरण पृथ्विमा हुनु पर्ने हो त्यस माथि नै हामी मानवले नै अतिक्रमण गरिरहेकाछौं जसको कारण आज मौसममा डरलाग्दो परिबर्तन भएको छ ।
बैशाखको अन्तीम हुदाँ सम्म काठमाडौंमा सिरक छोड्न सकेका छैनौं । असार लाग्न महिनौ बाँकी छ तर बर्खा शुरु भैसकेको हुन्छ । यो मौसममा भएको परिबर्तन हो जसको कारण ति जिवाणुहरुले आफ्नो ठाउँ छोडदैछन जसबाट पृथ्विको इकोसिस्टम नै खलबलिएको अबस्था छ ।
पाचौ, मानिसहरुको शुस्म जिवाणुसँग लड्ने क्षमतामा कमी आउनु । मानिसहरुले विस्तारै उनीहरुको आचरण, आहार र विचारमा भएको गलत प्रयोग तथा उपयोगको कारण शुस्म जिवाणुहरुसँग लड्ने क्षमता गुमाउदै गएको छ । हाम्रो शरिरले ति जिवाणुहरुसँग लड्न नसक्दा ति जिवाणुको अगाडि मानिसहरु निरिह हुनु पर्ने अबस्था आएको छ ।
जब मानिसहरु लकडाउन बिच मुखुण्डो लगाएर घरघर भित्र छिरे, बनस्पतीहरु, चराचुरुङीहरु, किटपतंङहरु, थरी थरीका पुतलीहरु बाहिर निस्केर लामो सास फेरी रहेको समाचारहरु पनि मान्छेको मृत्युको समाचारसगै आएकाछन् । यसरी प्रकृती रमाएर बाहिर निस्केको छ, रमाएको छ ।हासेको छ।
हामीले सुनेका छौं अमेरीकाको सेन्टिगायो शहरमा पुमा (अमेरिकन विरालो), अमेरीकाकै क्यालिफोर्निया, ओकल्याडका सडकमा जंगली टर्कीहरु, थाइल्याडमा बाँदरहरु अनि जापानमा मृग तथा हरिणहरु, नेपालको बर्दिया जंगलमा बाघहरु अनि भारतको डिल्लीमा कोइलीहरु निस्केकाछन् । यसरी सहरहरु हरियो हुदैछ, बनजंगलहरु बढ्दैछन् आकाश खुलेको छ ।
तर यो कतिन्जेल, आजको यक्ष प्रश्न हो । सायद चाडै हामीले कोरोनालाई जितेको घोषणा गर्ने छौं र फेरी शुरु गर्नेछौं प्रकृती माथिको दोहन । अब हामीले सच्याउन जरुरीछ । प्रकृतीसगै हामीले मिलेर बाच्न सिक्नु पर्नेछ । नत्र अबश्य प्रकृती हामी प्रति अति निर्मम तरिकाले आइलाग्ने निश्चित छ ।
अन्तमा, हामीले विकास सम्बन्धी हाम्रो सोचलाई परिबर्तन गर्न जरुरी छ । विकास पृथ्विको हुनु जरुरीछ, सारा जगतको, सारा प्राणीहरुको, सारा जल, थल उभयचरहरुको साझा बास स्थान यो पृथ्वीलाई बनाउनको लागी विकास हुन जरुरी छ नकी हामी मानवमात्रको लागी ।
अबश्य मानव मात्रै पृथ्विमा बाच्न सक्दैन् । मानवको रक्षार्थ नै यी सबै जिब, जन्तु, बनस्पती, किटहरुको प्रकृतीले सिर्जना गरेको हो । हामी मानवजाती सुरक्षित हुन चाहान्छौं भने अबश्यक हामीले यी सबै प्राणी तथा बनस्पतीहरुको सुरक्षा गर्न जरुरी छ ,साथ साथै हामीले हाम्रो विकासलाई सबैको साझा बनाउन पनि आबश्यक छ ।