अमेरिका/नेपालको काभ्रे जिल्लामा जन्मनुभएका प्रेम तामाङ २५ बर्ष देखी अमेरिकाको म्यासेचुट्समा बस्दै आईरहनु भएको छ ।
गैर आवासीय नेपाली संघको आशन्न अधिवेशनलाई लक्षित गरी जुलाई ८ तारिख शनिरवारका दिन, बोस्टनमा आयोजना गरिएको चुनावी कार्यक्रममा सहभागीहरुले यस्तो एकबद्धता जाहेर गरेका हुन्। सो भेटघाट कार्यक्रममा अमेरिकामा रहेका गैर आवासीय नेपालीहरुले गैर आवासीय नेपाली संघ(एनआरएनए) मा ‘संस्थागत सुद्धिकरण र परिवर्तन’ अपरिहार्य रहेको जनाउदै त्यसका लागि एकबद्धता जाहेर गरेका छन्।
उक्त कार्यक्रममा, संस्थागत विकासका लागि ‘पारदर्शी, समावेशी र विश्वसनीय परिवर्तन’ अपरिहार्य छ’ भन्ने मूल नाराका साथ डाक्टर अर्जुन बन्जाडेको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको समूह र समर्थकहरुको उल्लेखनीय उपस्थित रहेको थियो।
एनआरएनए, म्यासाचुसेट्स च्याप्टरले आयोजना गरेको उक्त कार्यक्रम, आइसिसि अमेरिकाज क्षेत्रकी महिला संयोजक तृष्णा शर्मा काफ्लेको प्रमुख आतिथ्यता र च्याप्टर अध्यक्ष प्रेम तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर बन्जाडेले संस्थामा सुद्धिकरण र परिवर्तन ल्याउने अभियानमा एकजुट भएर चुनावी मैदानमा होमिएको आफूसहित आफ्ना सम्पूर्ण टिमलाई आफ्नो अमूल्य मत दिएर विजयी गराइदिन मतदाताहरुलाई अनुरोध समेत गरेका थिए र सम्पुर्ण म्यासाचुसेट्सबासी सबै एकजुट भैसकेको छ ।
आशन्न निर्वाचनमा एनसिसि, अमेरिकाको उपाध्यक्ष पदका प्रत्याशी प्रेम तामाङले म्यासाचुसेट च्याप्टरका २ कार्यकाल सफलता पुर्वक सम्पन्न गरिसक्नु भएको छ र उनको राज्यमा नयाँ कार्यकालमा परिवर्तन सम्भव छ र हाम्रै पालामा हामी गर्नेछौ भन्दै एनआरएनए मा ‘संस्थागत सुद्धिकरण र परिवर्तन’ अपरिहार्य र त्यसका लागि एकबद्धता भएर लाग्ने प्रतिबध्दता गरेका छन्।
साथै तामाङले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकालाई पारदर्शी , समावेशी एबं विश्वासनीय बनाउन अमेरिकावासी सम्पुर्ण आजीवन सदस्य तथा साधरण सदस्य ज्युहरुमा साथ , सहयोग एबं समर्थनको अनुरोध समेत गरेका छन् ।