
गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको निर्बाचन प्रकृयाको उम्मेदवारी मनोनयन दर्ता प्रकृया सकिए संगै डा. अर्जुन बंन्जाडेले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन्। उनको चुनाबी सभा तथा अन्तरकृया कार्यक्रम म्यासाचुसेट्समा जुलाई ८ शनिवार बेलुका हुदैछ।
२०२३-२०२५ को लागी अध्यक्षका प्रत्यासी उम्मेदवार डा. अर्जुन बन्जाडे (Dr.Arjun Banjade)सहित उहाँका सम्पूर्ण सहकर्मी उम्मेदवारहरु आ आफ्नो एजेण्डा सहित अन्तरक्रिया कार्यक्रममा भाग लिन म्यासाचुसेट्स राज्यको समरभिल्ल (Somerville) शहरमा आउँदै हुनुहुन्छ र डा. अर्जुन बंन्जाडेको उक्त चुनाबी सभालाई साथ दिन भव्य तैयारी भैरहेको जानकारी द वल्ड नेपाल न्युजलाई म्यासाचुसेट्स च्याप्टरका अध्यक्ष एंव उपाध्यक्षका प्रत्याशी उम्मेदवार प्रेम तामाङले दिनुभएको छ। जहां सहभागीहरूसंग उम्मेदवारहरूले प्रत्यक्ष सम्बाद तथा भेटघाट गर्नेछन्।
डा.अर्जुन बंन्जाडेको उक्त चुनाबी सभालाई साथ दिन म्यासेचुट्सबासीका मतदाता एंव समर्थकहरुको बाक्लो उपस्थिति रहने आँकलन रहेको छ।
सोही दिन दिउसो १२ः०० बजेदेखी ३ः०० बजेसम्म न्यु ह्याम्सर मा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम समापन गरे पश्चात बेलुकी ८ः०० देखी म्यासाचुसेट्समा कार्यक्रम गरिने जानकारी प्राप्त भएको छ ।
(साथै एनआरएनए म्यासेचुट्स च्याप्टरमा डा.बन्जाडे समर्थक उम्मेदवारहरू निर्बिरोध निर्बाचित भैसकेका छन्।)