एक दर्जन भन्दा बढी समर्थक उम्मेदवारहरू सहित डा. अर्जुन बंजाडेको चुनावी सभा- कोलोराडोमा

|

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति, अमेरीकाको निर्बाचन प्रकृयाको उम्मेदवारी मनोनयन दर्ता प्रकृया सकिए संगै डा. अर्जुन बंन्जाडेले आफ्नो चुनाबी अभियानलाई तिब्रता दिएका छन्। उनको चुनाबी सभा तथा अन्तरकृया कार्यक्रम आज शुक्रबार सांझ कोलोराडो राज्यको डेनभर शहरमा हुंदैछ।

अमेरीकाको सबै भन्दा पुरानो संस्था एएनएको सम्मेलनको पूर्बसंध्यामा हुनलागेको उक्त भेटघाट कार्यक्रममा सैयौ ब्यक्तिहरूको उपस्थिति सहित कार्यक्रम अन्तरकृयात्मक तरिकाले संचालन गरिने जानकारी प्राप्त भएको छ ।

जहां सहभागीहरूसंग उम्मेदवारहरूले प्रत्यक्ष सम्बाद गर्नेछन्।
डा. अर्जुन बंन्जाडेको उक्त चुनाबी सभालाई साथ दिन एक दर्जन भन्दा बढी उनी समर्थक अन्य उम्मेदवारहरू पनि कोलोराडो जादैछन् ।
उक्त कार्यक्रममा उपस्थित हुने एनआरएनएका उम्मेदवारहरूः

अध्यक्षः डा. अर्जुन बंन्जाडे
बरिष्ठ उपाध्यक्षः बिकाश उप्रेती
उपाध्य़क्षः ज्ञानेन्द्र गुरुङ
उपाध्यक्षः प्रेम तामाङ
उपाध्यक्षः नेत्र पाण्जे
उपाध्यक्ष (महिला): सुनिता कँडेल
उपाध्यक्ष (युवा): आरसी पन्त
सचिवः दिपक सापकोटा
सचिब (महिला): शान्ती वाग्ले पौडेल
युवा संयोजकः तेज पौडेल (बिनोद)
महिला संयोजकः सुनिता खत्री
बोर्ड अफ डाईरेक्टर : संजय सिंह
बोर्ड अफ डाईरेक्टर श्रीकृष्ण गौतम
साथै,आईसीसी सदस्यहरूः
१)पदम ठकुराठी
२)छत्र गुरूङ
३) डा. शंकर बिसुन्के

(एनआरएनए अमेरीकाको निर्बाचन आयोगले निकालेको सूचना अनुसार अधिकांश च्याप्टरमा डा. बन्जाडे समर्थक उम्मेदवारहरू निर्बिरोध निर्बाचित भैसकेका छन्।)

२०८० असार १५, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।