
हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा आगामी जुन २५, २०२३ का दिन नेपाल फेस्टिभल मनाउने भएको छ । नेपालमा अमेरिकी तथा अन्य देशका पर्यटन विकास गर्नेतथा नेपाली उत्पादन विश्व बजारमा प्रबंधन गर्ने उद्धेश्यले यस फेस्टिबलको आयोजन हुन गईरहेको छ ।
यस नेपाल मार्च फेष्टिवल सफल बनाउन हामी नेपाली ग्लोबलका अध्यक्ष अमृत लामा हामी नेपाली ग्लोबल अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी,हामी नेपाली ग्लोबल क्यालिफोर्निया चाप्टरका अध्यक्ष मदन पाण्डे ,समाजका क्रियाशील सुबास शम्सेर भण्डारी अशोक राज भण्डारी,अर्जुन पौडेल,मुना प्याकुरेल, भुवन पौडेल,जोसेप घले,सुनिता खत्री,धुब्र कुंवर, पारू के.सी, बिन्दु सापकोटा, बिष्णु के.सी, नवाँ तिवारी, गणेश भट्टराई , हेम बहादुर थकुल्ला, वबिन थापा कृष्ण देवकोटाका सहितको आयोजक समितिले महोत्सवलाई भव्य रुपमा सफल पार्न सशक्त भुमिका खेलिरहेका छन् ।
हामी नेपाली ग्लोबलका अन्तर्राष्ट्रीय उपाध्यक्ष टेक वाईवा लामाले द वल्ड नेपाल न्युजलाई दिनुभएको जानकारी अनुसार लसएन्जल्स स्थित हलिउडमा हुने यस बृहत महोत्सवमा सहभागिताको लागि नेपाल सरकार / अन्तर्राष्ट्रीय नेपाली डायस्पोराका नेपालीहरुको साँझा संस्था एनआरएन लगायत क्यालिफोर्नियाको विभिन्न संघ संस्थाहरुको प्रमुख एंव प्रतिनिधि र पत्रकारहरु लगायत सामाजिक अभियान्तहरुको समेत सहभागीता हुने रहेको छ ।
नेपाल सरकार पर्यटन सस्कृति तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल मार्च फेष्टिवल सफल बनाउन सबैले जिम्मेवारी लिनुपर्ने बताउँदै सहमति र सहकार्य गरेर अगाडि बढ्नुपर्ने र उक्त कार्यक्रम कुनै राजनीतिक तथा धार्मिक रुपमा नभई विशुद्ध पर्यटन विकास तथा सामाजिक हितको लागि आयोजना गरिएको उपाध्यक्ष वाईबाले बताउनुभयो।
बिश्वभर छरिएर रहेका राष्टप्रेमी नेपाली राष्टियतालाई शिरोधार्य गर्दै सगरमाथाको शानलाई बुद्ध जन्मेको देश नेपाललाई बिश्वमाझ चिनाउन विभिन्न लिंग, जात, धर्म तथा राजनीतिक आस्थाबाट माथी उठेर कर्मजिवी नेपालीलाई सेवा, सद्भाव र पवित्र हृदयले भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्ने संस्थाको मुल उद्देश्यका साथ संस्थागत रुपमा अगाडी बढिरहेको छ।
कार्यक्रमको विस्तृत जानकारीको लागि यों भिडियो लिंक क्लिक गर्नुहोला!
साथै उपाध्यक्ष वाईबाले लसएन्जल्स आसपासमा नेपाली समुदायलाई सहित शान्ती पथ यात्रा, विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता भैदिनुहुन समेत आह्वान गर्नुभएको छ ।
कार्यक्रम तालिका:
मिति: २५ जुन २०२३
समय : दिनको १२ बजेदेखि ४ बजेसम्म
स्थान: होलिउड वाक अफ फेम क्यालिफोर्निया/ लस्एन्जल्स
थप जानकारीको लागि :
(हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रीय परिवार )