डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासंग्रह ‘मयँगाँठो’ विमोचन

|

नेपालगन्ज । बाँके खजुरा निवासी साहित्यकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासंग्रह ‘मयँगाँठो’ शनिबार एक विशेष कार्यक्रम विच नेपालगन्जमा विमोचन गरिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानद्धारा प्रकाशित कथासंग्रहको विमोचन बरिष्ठ साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल र शशिराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले संयुक्त रुपमा विमोचन गर्नुभएको हो ।

सो विमोचन कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार सनत रेग्मीले कथा लेखनमा आपनो आन्चालिक परिवेश झल्किने विषयवस्तु समेटिनु पर्नेमा जोड दिनुभयो । साथै आगामी दिनहरुमा पनि आख्यान क्षेत्रमा कलम निरन्तर चलिरहोस भनी शुभकामना ब्यक्त गर्नुभएको थियो ।

यस कथासंग्रहको सैद्धान्तिक समालोचना गर्दै समालोचक ईश्वरी प्रसाद रिजालले यो कथासंग्रह पश्चिम क्षेत्रका सामाजिक, साँँस्कृतिक विषयवस्तु उठान गरेकोले पठनीय कथा सँग्रह बनेको बताउनुभयो । पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमित्रा न्यौपानेले कथाहरु समसामयिक विषयबस्तुमा आधारित भई लेखिएको र समाजलाई परिवर्तनको दिशातिर लैजाने रहेको बताउनुभयो । खजुरा प्रज्ञा प्रतिष्ठानका उपकुलपति समेत रहनु भएका कथासंग्रहका लेखक डा. इन्द्रबहादुर भण्डारीले कृति प्रकाशन गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अब बाँकेको साहित्यले झनै फड्को मार्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा साहित्यकार प्राध्यापक डा. कृष्ण प्रसाद घिमिरे, खगेन्द्र गिरी कोपिला, सागर गैरे, महानन्द ढकाल, झलक गैरे, कल्पना पौडेल, माधव शर्मा, लेक प्रसाद प्याकुरेल,भिम बहादुर शाही, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदी र ऋषिराम सापकोटा लगायत साहित्यप्रेमीको उपस्थिति थियो । सो कार्यक्रम सन्चालन खजुरा प्रज्ञा प्रतिष्ठानका सदस्य मणिदेव अर्यालले गर्नुभएको थियो ।

२०८० जेष्ठ २०, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।