
क्यालिफोर्निया / केही असहजता लाई पनि सहजता बनाउन सकिन्छ र सधै समय अनुकुल होईन प्रतिकुलामा पनि आंट र हिम्मत लिएर चिताएको काम गर्न सकिन्छ।
अर्काले बाहिरबाट लादेको शासकीय ब्यबस्था काम लाग्दैन भन्ने प्रजातन्त्ररीक मुल्य मान्यतालाई थाती राख्दै स्वच्छ प्रतिस्पर्धा बाट चुनाव हुनुपर्छ र आम सदस्यहरुको गोप्य मतदानको कदर गर्न सक्षम ब्यक्ती नेतृत्त्वमा चुनिनु पर्छ भन्ने मान्यता संगै हरेक २ बर्षमा NRNA को चुनाव हुने प्रक्रिया संगै नयाँ कार्यसमिती चयन हुन्छ ।
आम सदस्य ज्युहरुको अमुल्य मत र बिस्वाश अनि बिधान र बिधी सबै मिलेर जब संस्था बाहिरबाट हाकिन्छ भने त्यो कदापी पनि साझा संस्था मानिदैन । त्यसैले निस्पक्ष र पारदर्शिता नै अबको एन आर एन ए को मुल मन्त्र !
१०औ बर्ष देखि हाम्रा भातृसंगठन देखी हरेक संस्थामा नेतृत्वमा पुरुषकै राज छ इतिहास बदल्न खुट्टा दह्रो टेक्नुपर्दछ।खुट्टा दह्रो टेक्न महिला र पुरुषको बिचमा अनकन्डिसनल एकता हुनुपर्दछ। सांढेको जुधाई बाच्छिको मिचाइ भने झैं संस्था गुठ र उपगुठबाट ग्रस्त छ । यो बिरामी संस्थालाई चुस्त राख्न र इगो बाट निकाल्न अनि सबैको सांझा बनाउन आजको मुल मन्त्र भनेको नै सांझा एजेन्डा र पारदर्शिता हो ।