खाडी! खाडी !! खाडी !!! -एक बाध्यता र महिलाको अवस्था

|

ऋतु लामा / रातको १ घडीले बजाउनै लाग्यो तर यो मन कताकता भाग्न चाहन्छ र निन्द्रा त कहाँ हरायो थाहा छैन । भोली अर्थात् २१ जुन म यो खाडीमा(युएई) आफ्नो र परिवारको खुशीसँगै सुन्दर भविष्यमा चार चाँद लाउन आएको ५ वर्ष हुँदै रैछ याद भएन …।। खुशी नै छु म यहाँ र नेपालमा परिवार पनि ।आजको दिनसम्म सबै राम्रो छ ,काम सजिलो नै भनुम आजसम्म कुन्जेसोमको आशिर्वादले !
“खाडी”-खाडी नाम मै कस्तो कहर र मन कमाउने,डर जस्तो भान हुन्थ्यो मलाई नि सुरुवाती दिनमा तर आजको दिनमा म युजटु भैसके,जस्ले जे भनेनी,सोचेनी फरक नै पर्न छोडीसक्यो । तर हिजो दुबई हुँदै कोरोनाको महामारीमा फसेकाहरु मध्ये १४८ नेपालीहरुलाई दुताबासको सहयोगीमै आफैँ टिकटकको व्यवस्था गरेर यहाँबाट नेपाल फर्काइयो तर नेपालको अधिकांश समाचारमा र सामाजिक सँजालको न्युजको हेडर ९४ गर्भवतीसहित …. यस्तै समाचारले ततायो सँजाल र मिडिया । अनि कमेन्ट बक्सररु भरिएछ पाकिस्थानी,बँगाली र अन्य देशको पुरुषको बच्चा र अन्तर्राष्ट्रीय भान्जाभान्जी,खाडीको नेपाली महिलाहरु चरित्रहिन आदी इत्यादि ।
युएई मैले ५वर्षमा देखेको,भोगे अनुसार पारिवारिक रुपमा बस्न राम्रो र सुरक्षित छ(विश्वमा नै दोस्रो सुरक्षित देश मानिन्छ क्यारे )साथै योग्यता अनुसार काम र सम्मान पनि तर हाम्रो नेपालीहरुको खाडी भनेर यति क्रुर र तुच्छ सोचाई देख्दा रिस भन्दा दया लाग्छ मलाई । महिलालाई हेर्ने नजर नै खराब अनि खाडी गएर आफू सक्षम बन्न खोज्नु र रेमिट्यान्सले चल्ने देशलाई आफूले थोरै योगदान दिन खोज्नु,आफू र परिवारको जीवनस्तर उकास्न खोज्नु लाई ठूलै अपराध ठान्छ मेरो समाज ।
महिलाहरुलाई घर र चुलोचौकोमा,समाजमै थुनेर सामाजमा महिला समानता कहाँ हुन्छ र महोदय ?? समानताको नारा महिला दिवस र त्यसदिनको कार्यक्रम मात्रै सिमीत भैदियो । बाध्यता,विबशता नभैदिएको भए,परिवारको आर्थिक अवस्था र देशमै गरि खाने अवस्था हुन्थ्यो भने कुनै महिला रहरले यो खाडीमा पीडाको आँशु झार्दै परिवारको माया,सामिप्यता छोडेर चरित्रहिन र बदनाम हुन आउने थिएन होला ।
अन्तमा यो भन्न चाहेँ लाखौँमा कोही-कोही हुन्छन्,छन् देखेको पनि छु जो यहाँ आएर झुसेली किराबाट पुतली झैँ बदलेर आफू र देशकैँ बेइज्जत गर्दै आफ्नो औकात भुल्छन् तर यस्तो भन्दैमा हर महिला जो खाडीमा आफ्नो पसिनासँग पैसासँग साट्न बाध्यतामा परि छट्पटेकालाई चरित्रहिन नबनाइयोस् !! र देश बनेन भनेर पार्टी ,नेतालाई गाली गर्नेहरु सुन पहिला तिमीहरुको सोच बदल्नु,देश पनि बदलिनेछ एकदिन । हर महिलालाई सम्मान गर्न सिक,चाँहे तिम्रो घरको होस् या अरुको,चाँहे युरोप-अमेरिका बस्ने होस् या खाडी…।

२०७७ असार ६, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।