अमेरिकाको टेक्सस राज्यका नेपाली समुदायका अगुवा कृष्ण लामिछाने आफ्नै निवासमा मृत अवस्थामा फेला परेका छन् ।
नेपाल गोर्खा घर भै हाल अमेरिकाको टेक्सस राज्यमा लामो समय देखि बस्दै आएका नेपाली जन सम्पर्क समितिका संस्थापक मध्येका एक ,नेपाली समाज टेक्सस र गैर आवासीय नेपाली संघ अमेरिकाको नेतृत्वदायी भूमिका रहेका एक शालीन ,मृदु भाषी नेपाली समाज सेवीको अकल्पनीय निधन भएको खबरले नेपाली समुदायलाई मर्माहात बनाएको छ ।
गत मार्च २१ मंगलबारका दिन दिउसो करिव ४ बजे लामिछानेको अस्वाभाविक निधनको खबरले सबैलाई ज्यादै दुखित् तुल्याएको छ । उनी मंगलवार साँझपख आफ्नै घरमा मृत भेटिएका खबर प्राप्त भएको छ।
जीवन विज्ञान परिवारका सदस्य, नेपाली जन सम्पर्क समिति अमेरिकाको संस्थापक सदस्य, टेक्सस नेपाली समाज(एनएसटी )का पूर्व अध्यक्ष, गैर आवासीय नेपाली संघ अमेरिकाको नेतृत्वतहमा रही काम गरि सकेका थिए ।
नेपाली समुदाय आश्चर्य चकित भएका छन् । सबैलाई स्तब्ध बनाएको छ र सबैले यस दुखद घटनाबारे दुखी हुदै आ- आफ्नो सामाजिक संजालमा स्टाटस राखिरहेको छन् ।
नेपाली कांग्रेसका महाअधिबेसन प्रतिनिधि तथा गैरआवासीय नेपाली संघका पूर्व मानार्थ परिषद् सदस्य समेत रहेका थिए । दुई छोरी र श्रीमतीका साथ बसोबास गर्दै आएका लामिछानेको मृत्युको कारण खुलेको छैन । प्रहरी अनुसन्धान पश्चात र मृत्युको कारण पुष्टी भैसकेको छैन ।
यस दुःखद घडीमा दिवंगत आत्माको चीर-शान्तीको कामना गर्दै शोक-संतप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनि हामी द-वल्ड नेपाल न्युज परिवार प्रार्थना गर्दछौ।