क्यालिफोर्निया लस एन्जलसको हलिउडमा नेपाल फेस्टिभल मनाउंदै – इन्दिरा त्रिपाठी

|

हामी नेपाली ग्लोबल युएसएले क्यालिफोर्निया स्थित लस एन्जलसको हलिउडमा नेपाल फेस्टिभल मनाउने भएको छ । संस्थाका अध्यक्ष इन्दिरा त्रिपाठीले आगामी जुन २५, २०२३ का दिन महोत्सव मनाउन निर्णय गरिएको बताएकी छिन्।

उनले बेला बेलामा यस सम्बन्धि जानकारी गराउने बताइन । साथै यस क्षेत्र वरपर बस्ने नेपाली समुदायलाई सहित शान्ती पथ यात्रा, विभिन्न कार्यक्रमहरुमा सम्पूर्ण नेपाली समुदायलाई यसमा सहभागिता हुन् समेत आह्वान गरेकी छिन् ।

फेस्टिभल बारे बिस्तृत जानकारी तल उल्लेख गरिएको छ !

सम्पूर्ण नेपाली समुदाय तथा नेपाली दाजुभाई तथा दिदिबहिनिहरु सम्पूर्णमा हार्दिक नमस्कार !

हामी नेपाली ग्लोबल यूएसए र अन्य स्थानीय सस्थारुको सहभागितामा Hollywood Blvd/Vine St. मा Nepal Festival भब्यता साथ जुन २५, २०२३ आइतबारका दिन सम्पन हुन गै रहेको सहर्ष जानकारी गराउदछौ ।
सोही दिन हामी २.२ mile (माईल) शान्ती पथ यात्रा, विभिन्न सास्कृतिक भेषभुषा , नेपाली बाजा सहित उपस्थितिको लागि अनुरोध गर्दछौ।

हामी नेपाली ग्लोबल युएसएले अमेरिकाको क्यालिफोर्निया राज्यको लस एन्जलसको हलिउडमा नेपाली व्यवसाय प्रवर्द्धन शुरुवात गर्ने योजना बनाएको छ ।
यहाँहरुलाई सर्वविदित नै छ ,हलिउड पर्यटकहरूको लागि सबैभन्दा व्यस्त ठाउँ हो। यो अमेरिकीहरूको लागि धेरै जमघट हुने स्थल हो ।
तसर्थ हलिउडमा यो कार्यक्रम आयोजना गर्नु व्यापार प्रवर्द्धनका लागि सार्थक हुने अपेक्षा हामीले गरेका छौ ।

नेपालको महोत्सव किन : यो प्रस्तावित कार्यक्रम हलिउडको ब्लुभर्ड /भाइन (Blvd/Vine )को भाइन मार्ग (Vine Street) को एक भवन समुह (ब्लक)मा आयोजना गरिने छ । जहाँ शान्ति पदयात्रा, बहस/छलफल कार्यक्रम, नेपाली खाना (मम कफी), लुगाहरुमा (नेपाली हस्तकला, परम्परागत पोशाक,टोपी, खुकुरी आदि इत्यादी ) को प्रदर्शन साथै नेपालको प्रवर्द्धन गर्नको लागि नेपाल महोत्सवको आयोजना गरिने छ ।

साथै हामी नेपाली ग्लोबल युएसएले नेपाली साँस्कृतिक खाना र कपडाको प्रदर्शनी आयोजना गर्दैछ । यो सहभागिताले नेपालको व्यापार र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।
यो काउन्टीका लागि हलिउड वाक फेम र हलिउड साइनका विभिन्न पक्षहरूमा पर्यटन, व्यापार र आकर्षण प्रवर्द्धन गर्ने अवसर पनि हो।

कार्यक्रम आयोजनाको उद्देश्य अमेरिकामा बसोबास गर्ने डायस्पोराहरू बीच व्यवसायको ज्ञान, सीप र अनुभवहरू हिस्सा/साझा गर्नु(शेयर ), व्यवसाय स्थापना गर्न डायस्पोराहरूलाई आकर्षित गर्नु हो। नेपालबाट नेपाली वस्तु आयात गर्ने सम्भावना पत्ता लगाउने र नेपालबाट नेपाली वस्तु आयात गर्न अमेरिकीहरूलाई आकर्षित गर्ने हो ।

परियोजना गतिविधि:
हलिउडको सबैभन्दा प्रसिद्ध स्थान लस एन्जलस, क्यालिफोर्नियाको मुख्य फुटपाथमा नेपाली उत्पादनको प्रदर्शनी हुनेछ। यहाँ व्यवसायीहरुको लागि उच्च श्रेणीको राम्रो विज्ञापन हुनेछ।

हलिउडको स्थानीय नगर परिषद र स्थानीय स्थानको प्रहरीसँग समन्वय गरिएको छ। उत्कृष्ट कार्यक्रम संचालक /अनुभवी उद्घोषक लाई छनौट गरिने छ ।
कार्यक्रममा व्यवसायी, चन्दा दाता र सक्रिय सहभागी सदस्यहरूका बायोडाटा र तस्बिरहरु (फोटो)हरू प्रस्तुति गरिने छ भने कार्यक्रमका लागि केही प्रदर्शन कक्ष (स्टल)हरू स्थापना गरिनेछ।

(Nepal Festival को सहयोग रकम यहाहरुले Zelle payment no. 818-509-5954 Hami Nepali Bank Account को फोन प्रयोग गर्न सक्नु हुनेछ )

२०७९ चैत्र ३, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।