
पेन्सलभेनिया,अमेरिका
तामाङ समुदायको महान राष्ट्रिय पर्ब सोनाम ल्होछारको शुभ-अबसरमा आयोजित “ ल्होछार सांगितीक सांझ “कार्यक्रमको तयारी पुरा भएको छ ।
उक्त कार्यक्रम धार्मिक लामा गुरूहरूबाट मोलाम पूजापाठ संगै सुरू गरिने छ भने ल्होछारको मुख्य आकर्षक तामाङ मौलिक खाना र बेजोड सांगितीक प्रस्तुती रहेको जानकारी गराउनुभएको छ ।
सांगितीक प्रस्तुतीको लागी चर्चित राष्ट्रिय कलाकार मिलन लामा , चर्चित सेलो गायक संजोग योन्जन , स्थानिय कलाकार गायक डा. केशब भण्डारी र अन्य कलाकारहरूको पनि साथ रहने छ भने नृत्यमार्फत भरपुर मनोरन्जनक दिलाउनको लागी मोडल चांदनी लामा , साङडुप्पा लामा , इसाङ पाख्रीन , रिमा घिसिङ , क्लोइ सिन्जाली मगर र पेमा लामा को प्रस्तुती रहने भएको छ भने चर्चित DJ कर्मले रमाइलो रातलाइ साथ दिने छ ।
कार्यक्रम शनिबार बेलुकी स्थानिय समय अनुसार ६ बजे बाट राती १ बजे सम्म रहने छ ।
बिभिन्न समयमा सामाजिक सेवामा अग्ररूपमा सहयोग गर्दै आइरहेको सोसाइटीले यो पटकको ल्होछारको अबसरमा नेपालमा रहेको “धैर्य क्यान्सर फाउन्डेसन” लाइ सहयोग गर्ने उध्येश्य रहेको संस्थाका अध्यक्ष कवि घिसिङज्युले ले द वल्ड नेपाल न्युजलाई जानकारी गराएका छन् ।