
लसएन्जलस (क्यालिफोर्निया)- छुट्टै कला र संस्कृतिले भरिपूर्ण नेपाली समाजको एक छुट्टै पहिचान बोकेको सामुदायिक संस्था गुरुङ समाज लसएन्जल्सले नयाँ बर्ष २०७९ को अवसरमा साउदर्न क्यालिल्फोर्निया स्थित तारा हिमालयन कुजिन लसएन्जल्समा विशेष कार्यक्रमको साथै एकआपसमा रमाईलो भेटघाट गर्दै एकआपसमा शुभकामना आदानप्रदान गर्दै गुरुङहरुको महान पर्व तमु ल्होसार मनाएका छन् ।
हिजो जनवरी १५ तारिख आईतबारको दिन दोहाोरी गायक कृष्ण देवकोटाको साथमा रमाईलो गर्दै कार्यक्रम सम्पन्न गरिएको छ ।
प्रवासमा रहेर पनि आफ्नो संस्कृति र परम्परा अनुसारको चाडपर्व मन्थन पाउनु सिङ्गो नेपालको लागि गौरव भएको बताउदै सम्पुर्ण नेपालीहरुलाई नयाँ बर्ष तथा तमु ल्होसारको हार्दिक शुभकामन सहित प्रमुख अतिथि एंव गुरुङ समाज लसएन्जल्सका संस्थापक ईश्वर गुरुङज्युले हार्दिक शुभकामना सहित स्वागत गर्नुभएको थियो।
साथै एनआरएन एनसिसि अफ क्यालिफोर्नियाको अध्यक्ष एकदेव शर्माले पनि क्यालिफोर्निया क्षेत्रका सम्पुर्ण नेपालीहरुको तर्फबाट शुभकामना ब्यक्त गर्नुभएको थियो ।
र तामाङ सोसाईटी अफ लसएन्जल्स लगायत एनआरएन एनसिसि अफ क्यालिफोर्निया च्याप्टरका अभियान्तहरु लगायत सम्पुर्ण गुरुङ दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो ।
हरेक बर्ष विदेशी भूमिमा पनि आफ्नो संस्कृति प्रबर्धन र सम्बर्धन गर्ने उद्देश्यका साथ ल्होसार मनाउदै आईरहेको जानकारी यस संस्थाका अध्यक्ष ज्ञानेन्द्र गुरुङज्युले द वल्ड नेपाल न्युजलाई बताउनुभयो ।