IENWS को प्रथम साधारण सभा सम्पन्न

|

नयाँ वर्ष २०२३ को अवसरमा Inland Empire Nepalese Welfare Society (IENWS) ले जनवरी १, २०२३ को दिन सामुहिक दिवा भोज कार्यक्रम सहित प्रथम साधारण सभा (Annual General Meeting) सम्पन्न गरेको छ ।

नेपाल सरकारका अवैतनिक महाबाणिज्यदूत श्री ऋषी ढकालज्युको प्रमूख आतिथ्यता रहेको कार्यक्रममा एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष एकदेव शर्मा र लसएन्जल्स गुरुङ समाजको अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङले विशेष आतिथ्यता ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी ढकालले नयाँ बर्षको शुभकामना प्रदान गर्नुहुदै सामुदायिक दायित्व बोध गर्ने यस समाज सँग आवद्द नेपालीहरुले एक आपसमा सहयोग, सहभागिता र समन्वय गर्दै समुदायलाई मजबुत बनाउन सत्सँग लगायतका माध्यम प्रभावकारी सावित भएको हुनाले सत्सँगजन्य क्रियाकलापको निरग्तरता दिन प्रोत्साहित गर्नु भयो ।

सस्था निर्माणको लागी जुन सुकै तहको दानतव्य तथा सहयोग महत्वपूर्ण हुने हुनाले सदस्यहरुले आफ्नो चियाखर्च बापतको केही अंश पनि निरन्तर रुपमा संस्थाको लागी छुट्याउने अभ्यास गर्न सकेमा संस्थाको निर्माणमा टेवा पुग्ने धारणा व्यक्त गर्नुभयो साथै उहाँले यस सँस्थाको प्रथम साधारण सभाको सफलताको शुभकामना गर्दै आगामी दिनहरुको सफलताको कामना गर्नुभएको छ ।

एनआरएनए क्यालिफोर्निया च्याप्टरको अध्यक्ष एकदेव शर्माले नयाँ बर्ष २०२३ तथा संस्थाको प्रथम साधारण सभाको सफलताको शुभकामना प्रदान गर्नुहुदै यस क्षेत्र आसपासमा नेपाली समुदायको उपस्थिती बाक्लिदै गएको परिप्रेक्षमा सामुदायिक भवनको आवश्यकता बारे प्रकास पार्नुभयो । सँस्थाको उध्येश्य प्राप्तीको लागी आफ्नो व्यक्तिगत का साथै आफ्नो संस्थाको तर्फवाट आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।
साथै शर्माले यस क्षेत्रका नेपाली समुदायहरुको साझा केन्द्रको रुपमा सामुदायिक भवनको स्थापनगी गरी भाषा र सँस्कृती सम्बर्दन गर्न सफलताको शुभकामना समेत प्रदान गर्नुभयो ।

लसएन्जल्स गुरुङ समाजको अध्यक्ष श्री ज्ञानेन्द्र गुरुङले आफ्नो आबास क्षेत्रमा रहेको IENWS को सफलताको शुभकामना प्रदान गर्नुको साथै व्यक्तिगत तथा सँस्थागत सहयोगको प्रतिवद्दता व्यक्त गर्नुभयो।

कार्यक्रममा संस्थाको अध्यक्ष श्री शुशील चौगाईले यस संस्था स्थापनाको १० महिनाको अवधीमा IENWS स्थापना पश्चात सँचालन गरिएका कृयाकलाप तथा गतिविधीहरु बारे जानकारी प्रदान गर्नुभएको थियो ।
यस अवधीमा फागु महोत्सब, तीन स्थानमा सत्सँग, तीज विशेष कार्यक्रम, खसीकप फुटवल प्रतियोगिता, ५ स्थानमा देउसी भैलो तथा छठ कार्यक्रमको भव्य रुपमा सम्पन्न गरिनुको साथै सदस्यता विस्तृतीकरणको लागी घरदैलो कार्यक्रम सँन्चालन गरिनुको साथै निरन्तरता दिईने जनाउनु भएको छ।

कार्यक्रममा संस्थाका सचिव इन्द्रा कुमारी बुर्लाकोटीले संस्थाको विगतका काम कारवाहीको बारेमा प्रकाश पार्नुको साथै आगामी दिनका योजना बारेमा प्रकाश पार्नु भएको थियो । साथै उहाँले समुदायको तर्फवाट बालबालिका लाई लक्षित गरी भाषा तथा संस्कृती सिकाईको महत्व र यसले वालवालिकामा पार्ने सकरात्मक प्रभाववारे प्रकाश पार्नुभएको थियो ।

IENWS का कोषाध्यक्ष श्री दिप शँकर सुवेदीले संस्थाको आय व्ययको प्रतिवेदन प्रस्तुत गर्नुको साथै सँस्थाको औचित्य तथा हाल सम्मका काम कारवाही र भावी कार्य दिशाबारे प्रष्ट पार्नु भएको थियो ।

यसको साथै उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै संस्थाका अध्यक्ष शुसिल चौँगाईले व्यस्थताका बाबजुत पनि सहभागी जनाउनु हुने यस क्षेत्रका नेपालीजनहरु तथा व्यस्तताका वावजुद सहभागी जनमा धन्यवाद तथा आभार व्यक्त गरी पहिलो शत्रको समापन गर्नु भएको थियो ।

साथै दोश्रो तथा बन्द शत्रमा संस्थाको By Laws बहुसंख्यक सदस्यहरुबाट अनुमोदन हुनको साथै नयाँ ११ सदस्य कार्य समितीको चयन समेत सम्पन्न भएको छ ।

निर्वाचित कार्यसमितिको विबरण: (IENWS २०२३-२०२४)
१)अध्यक्ष : श्री शुसिल चौँगाई(Grand Terrace)
२)उपाध्यक्ष: दिप शंकर सुवेदी(Grand Terrace)
३)सचिव: अच्युत चापागाईं(Redlands)
४)सह-सचिव:आर.के. गौतम (Eastvale)
५)कोषाध्यक्ष:ईन्द्रा कुमारी बुर्लाकोटी(Loma Linda)
६)सदस्य: टेकनाथ ढकाल (Moreno Valley)
७)सदस्य: मिलन न्यौपाने(Montclair)
८)सदस्य:बाबुराम अधिकारी(Loma Linda)
९)सदस्य: मुकेस पहाडी(Riverside)
१०)सदस्य:उमा देवी दहाल पौडेल(Redlands)

१० निर्वाचित कमिटीका साथै १ मनोनयीत गरी ११ जनाको नव निर्वाचीत सदस्यीय कार्य समिति गठन गरि आगामी कार्य दिशाबारे छलफलको प्रारभ्भ समेत गरिसकेको छ ।

साधारण सभा आयोजना गरिएको हलमा हस्तकलाकर्मी सरोज मानन्धरले निर्माण गरिएका हस्तकलाका विभिन्न सामाग्रीहरु संस्थालाई निशुल्क रुपमा प्रदान गरी विक्रीवाट उठेको रकम संस्थाको कोषमा हस्तान्तरण गर्नुभएको थियो ।
यसै गरी प्रमूख अतिथीको बाहुलीवाट स्थानीय कवि मिलन न्यौपाने द्वारा रचना गरिएको “Millions Pages of Life” कविता संग्रहको विमोचन समेत गरिएको थियो । कवि न्यौपानेले अंग्रेजी भाषामा प्रकासित उक्त कृति Amazon मार्फत खरिद गर्न सकिने र पुस्तक विक्रिवाट प्राप्त सम्पूर्ण रकम संस्थालाई सहयोग गरिने जानकारी प्रदान गर्नु भएको थियो ।

कार्यक्रमलाई रोचक बनाउन सन्तोष पराजुली ले उद्घघोषक रुपमा सफल जिम्मेवारी बहन गर्नुको साथै नयाँ वर्षको शिर्षकमा रचना गरिएको सुन्दर कविता समेत वाचन गर्नुभएको थियो ।

यसका साथै नव निर्वाचित समितिले संस्थाका Founder Member तथा Founder Trustee हरुको सल्लाह तथा सुझावलाई अवलम्बन गर्दै आगामी कार्य दिशा निर्माण गरी यस क्षेत्रमा रहेका नेपाली जन समुदायमा सँस्कृती तथा चाडपर्वको सम्वर्धन गर्न सामुदायिक केन्द्रको निर्माणमा ध्यान दिने प्रतिवद्धता गर्दै विभिन्न उप समितिहरु निर्माण गरी संस्थालाई बलियो बनाउने उध्येश्य रहेको जानकारी निर्वाचित उपाध्यक्ष दिप शंकर सुवेदीले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनुभएको हो ।

२०७९ पुष १८, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।