TSNA का संस्थापक अध्यक्ष र संस्थापक महासचिव एनआरएन एनसिसि युएसएका मानर्थ सदस्यमा मनोनित

|

तामाङ समाज उत्तर अमेरिकाका निवर्तमान तथा संस्थापक अध्यक्ष लक्यान लामा (न्युयोर्क) र संस्थापक महासचिव डोल्मा लामा (लस् एन्जल्स्) लाई एनआरएन एनसिसि युएसएका मानर्थ सदस्यमा मनोनित गरिएका छन् ।

एनआरएन एनसिसि युएसए कार्यसमितिको गत डिसेम्बर ११ आईतबार बसेको बैठकले लामा द्वय लगायत विभिन्न क्षेत्रबाट अन्य ११ जनालाई समेत मानर्थ सदस्यमा मनोनित गरि समितिलाई पुर्णता दिईएको हो ।

संस्थापक अध्यक्ष लक्यान लामा को नेतृत्वमा र महासचिव डोल्मा लामाको कुसल व्यवस्थापनमा तामाङ समाज उत्तर अमेरिका केन्द्रीय संस्थाले उत्तर अमेरिकी तामाङ समुदायका लागि ५० हजार डलरको आपत विपात कोष-२०१८ (TSNA Emergency Fund-2018) बनाएर समुदायमा आई पर्ने आपत-विपातलाई समाधान गर्दै आईरहेको छ, जसको कारण कुनै आपतको घडीमा समुदायका सदस्यले अन्य समुदायको बीचमा हात फैलाउन नपर्ने भएका छन् ।

सम्पूर्ण तामाङ समुदायको निम्ति यो गर्वको विषय पनि हो, त्यसका अलवा लामा द्वय कै कार्यकालबाट अध्यक्ष लामाको नेतृत्वमा विश्व भरका शिक्षा प्रेमी तामाङ संघ संस्था र व्यक्ति विशेषलाई समेटेर ग्लोबल तामाङ शिक्षा कोष-२०२० (Global Tamang Education Fund-2020) अभियान शुरु गरि संस्थापक अध्यक्ष कै नेतृत्वमा कोषको संकलन अन्तिम चरणमा पुराएका छन् र छिट्टै नै कार्यान्वयन हुदै छन् ।

गत जुन महिनामा सम्पन्न महाधिवेशन देखि यस संस्थाको नेतृत्व कनेटिकट निवासी मोहन वाईबा ले गरि रहनु भएका छन् । मनोनित अन्य मानर्थ सदस्यहरु समेत विभिन्न क्षेत्रमा विशेष दखल भएका र समुदायका प्रतिष्ठित व्यक्तिहरुलाई समेटिएका छन् ।

यसै सन्दर्भ मा उहाँहरुलाई हार्दिक बधाई तथा सफलताको शुभकामना दिन चाहन्छौ ।

थप जानकारीको लागि यो तलको लिंक क्लिक गर्नुहोस्।

२०७९ पुष ५, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।