तामाङ को-अपरेटिभ सोसाईटी अफ क्यालिफोर्नियाको बार्षिक साधारण सभा हुंदै

|

क्यालिफोर्निया स्थित तामाङ को-अपरेटिभ सोसाईटी अफ क्यालिफोर्निया, संस्थाको बार्षिक साधारण सभा यहि डिसेम्बर १७ तारिख शनिवारका दिन ठीक १:०० बजे सम्पन्न हुन गईरहेको जानकारी संस्थाका अध्यक्ष शेर बहादुर लामाले द वल्ड नेपाल न्युजलाई दिनुभएको छ।

यसै सन्दर्भमा बे- एरिया बस्नुहुने सम्पुर्ण तामाङ परिवार दाजुभाइ दिदीबहिनी र संस्थापक सदस्यहरु,सल्लाहाकार ज्युहरु , आजीवन सदस्य ज्युहरु ,पुर्व-कार्यसमितिको सदस्यज्यूहरु ,लगायत सबै अग्रज ब्यक्तित्वहरुलाई संस्थागत रुपमा उपस्थिति भैदिनुहुन हार्दिक अनुरोध समेत गर्नुभएको छ।

साथै संस्थाको आगामी कार्ययोजना अन्तर्गत तामाङ समुदायको ठुलो पर्व ल्होछार मनाउन क्यारी समेत गरिरहेको व सोही दिनमा तामाङ ल्होछार मूल आयोजक कमिटी गठन गरिने योजना सहित रहेको अध्यक्ष लामा बताउनुहुन्छ साथै यदि कुनै सदस्यहरुले औपचारिक रुपमा जानकारी पाउनु भएन भने पनि यसै सुचना मार्फत सहभागिताको निम्ति हार्दिक अनुरोध गर्नुभएको छ ।

कार्यक्रम विवरण:
स्थान: The Gyuto Foundation Inc. gumba
6401 Bernhard Ave, Richmond, CA 94805
समय : December 17th,Saturday

२०७९ मंसिर २६, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।