क्यालिफोर्निया लसएन्जल्समा २ दिने घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न

|

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले अमेरिकाका विभिन्न राज्यहरुमा कन्सुलर सेवा प्रदान गर्दै आईरहेको छ ।

यसै सन्दर्भमा क्यालिफोर्निया क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी श्री पशुपतिनाथ फाउन्डेसन यु. एस. ए, लसएन्जल्समा पनि २ दिने घुम्ती कन्सुलर सेवा शिविर सम्पन्न गरेको छ ।

नोभेम्बर २४ र २५ मा नेपाली समुदायलाई लक्षित गरी आयोजना गरिएको उक्त घुम्ति शिविरमार्फत लसएन्जल्सबाट जम्मा १८१ जना नेपालीहरुले विभिन्न सेवा प्राप्त गरिएको छ ।

साथै राजदूतावास, वाशिङ्गटन,डि.सीको सुचना बमोजिम गत नोभेम्बर १५ गते सम्म अनलाईन फारम भरेर राजदूतावासमा लिएको appointment को आधारमा मात्र सेवा प्रदान गरिएको र walking मा आउने सहभागीहरुलाई भने पुर्णरुपमा सेवा दिन नसकेको जानकारी महावाणिज्यदुत ऋषि ढकालले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनुभएको छ ।

यसैगरि क्यालिफोर्निया,सानफ्रान्सिस्को शहरमा भने यहि नोभेम्बर २७-२९ तारिखको दिन बे- एरियास्थित Emeryville मा हुन गईरहेको छ।

यहि नोभेम्बर २७-२९ मा सान फ्रान्सिस्कोमा हुन गईरहेको कन्सुलर सेवामा पनि अनलाईन फारम मार्फत appointment लिईसकेको सम्पुर्ण महानुभावहरुलाई आफुले लिएको समय अनुसार सहभागी भई पासपोर्ट, आधिकृत वारेसनामा, एनआरएन कार्ड लगायतका सेवाहरु लिन समेत महावाणिज्यदुत ढकालले अनुरोध गर्नुभएको छ।

अन्त्यमा महावाणिज्यदूत ढकालले विशेषगरी नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी ,पशुपतिनाथ फाउन्डेसन यु. एस. ए, ( SPFU), एनआरएनए क्यालिफोर्निया,च्याप्टरका पदाधिकारीहरु लगायत यस शिविरमा साथ सहयोग दिनुहुने सम्पूर्णलाई समेत धन्यबाद ब्यक्त गर्नुभएको छ ।

२०७९ मंसिर ९, शुक्रबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।