क्यालिफोर्नियामा घुम्ती कन्सुलर सेवा शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

|

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली लगायतका सेवाग्राहीलाई नजीकबाट नै सेवा प्रवाह गर्ने उद्देश्यले नेपाली राजदूतावास, वाशिङ्गटन, डि.सी. ले क्यालिफोर्निया राज्यको लस एन्जलस र सानफ्रान्सिस्को शहरमा तल उल्लेखित स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई लक्षित गरी यस राजदूतावासले घुम्ती कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

लसएन्जल्समा हुने उक्त कार्यक्रम भने श्री पशुपतिनाथ तथा बुध्द मन्दिरमा सम्पन्न हुन गईरहेको छ।

यसै सन्दर्भमा आफूलाई पायक पर्ने स्थानबाट सेवा प्राप्त गर्न राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दै लसएन्जल्स निवासी महावाणिज्यदुत ऋषि ढकालले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनुभयो ।

अवैतनिक महावाणिज्यदूताबास क्यालिफोर्निया, श्री पशुपतिनाथ फाउन्डेसन यु. एस. ए, ( SPFU), नेपाली एसोसिएसन अफ नोर्दन क्यालिफोर्निया (NANC) र NRNA क्यालिफोर्निया च्याप्टर संगको सहकार्यमा क्यालिफोर्निया राज्यको लस एन्जल्स र सान फ्रान्सिस्कोमा संचालन हुने कन्सुलर सेवा शिविरमा  देहायको स्थान, मिति र समयमा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायलाई यस कन्सुलर सेवा शिविरमार्फत कन्सुलर सेवा लिन समेत महावाणिज्यदुत ढकालले अनुरोध गर्नुभएको छ।

उक्त शहरहरुमा आफूलाई पायक पर्ने स्थानबाट आवश्यक सेवा लिन राजदूतावासले सम्प्रेषण गरेको यो विस्तृत सुचनाको लागि यहाँ क्लिक गर्नुहोस् ।

 

२०७९ कार्तिक ८, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।