लस एन्जल्समा जितु नेपाल “मुन्द्रे” कमेडी शो सम्पन्न

|

गत सेप्टेम्बर  ४ तारिख, २०२२, आईतबारको दिन Beaumont Nepalese society को आयोजनामा “जितु नेपाल मुन्द्रे कमेडी शो” सम्पन्न भएको छ । 

सो कार्यक्रम दक्षिण क्यालिफोर्निया को लस एन्जलस शहर देखी पूर्वमा रहेको ब्यूमोण्ट बसोबास गर्ने नेपालीहरुको पहलमा   ब्यूमोण्ट  नेपाली समाजले गरेको  थियो र कार्यक्रम उदाहरणीय     उत्कृष्ट भएको जितु नेपाल मुन्द्रे बताउंछन्

Riverside County अन्तर्गत पर्ने ब्यूमोण्ट शहरमा  नेपालीहरुको बस्ती द्रुत गतिमा बढ्दै गएको कुरा गैर आबासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्री  एकदेव शर्मा ले बताउनुभयो 

ब्यूमोण्ट शहर भरखरै नेपालीहरुको बस्ती बिस्तार हुँदै गरेको शहर भएतापनी कार्यक्रममा सहभागी/दर्शकहरुको उपस्थिति प्रशंसनिय  रहेको थियो ।      

झन्डै पचास बर्ष पहिले अमेरिकामा बस्ने नेपालीहरुको संपर्क स्थापना, आपसी एकता कायम गर्दै नेपाली भाषा, साहित्य , कला र संस्कृतिको संरक्षण र प्रबर्धन गर्ने  र नेपलमा आवश्यक परेको बेला सहयोग जुटाउने उद्धेश्यले लस एन्जलसमा स्थापना गरिएको सायद अमेरिकामा स्थापना गरिएको पुरानो संस्था “अमेरिका नेपाल सोसाईटी” अमेरिकाका संस्थापक अध्यक्ष तथा श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, नोर्वाक,लस एन्जलस ट्रष्टी का अध्यक्ष वरिष्ठ समाजसेवी श्री बेद भक्त जोशीको सभापतित्वमा औपचारिक रुपमा शुरु गरिएको कार्यक्रमा मा गैर आबासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, अमेरिकाका बोर्ड अफ डाईरेक्टर/केन्द्रिय सदस्य  ज्ञानेन्द्र श्री गुरुङले स्वागत मन्तब्य दिनुभएको थियो।

गैर आबासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद, अमेरिका, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष श्री  एकदेव शर्माले संचालन गर्नुभएको सो कार्यक्रममा बिशेष अतिथिको रुपमा  नेपाल सरकारका तर्फबाट अबैतनिक महावाणिज्यदुत ऋषी ढकालले शुभकामना मन्तब्य दिनुभएको थियो। 

आफ्नो मन्तब्यको क्रममा महावाणिज्यदुत   ढकालले साउदर्न क्यालिफोर्नियाको  ब्यूमोण्ट शहरमा बढ्दै गईरहेको नेपाली समाजलाई एकताका साथ अगाडी बढ्न अनुरोध गर्दै आवश्यक परेको समयमा सधैं  आफ्नो साथ सहयोग रहिरहने प्रतिबध्दता समेत ब्यक्त गर्नुभएको थियो 

वरिष्ठ समाजसेवी  बेद भक्त जोशी ले आफ्नो शुभकामना मन्तब्यको क्रममा ब्यूमोण्ट बासी नेपालीले नेपालका चर्चित कलाकारलाई आफु बसेको शहरमा ल्याएर अत्यन्तै  प्रशंसनिय  रहेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो र आफुले ५० बर्ष पहिले संस्था स्थापना गर्दाको समय र अहिलेको भिन्नता निक्कै भए पनि आपसी एकता , नेपालीपन सधैं उस्तै रहने उल्लेख गर्नु भयो।

यसैगरी ब्यूमोण्ट निवासी सामाजिक अभियन्ता श्री हृदय राज भण्डारीले कार्यक्रमलाई सफलपार्न सहयोग गर्नुहुने सम्पूर्णलाई ब्यूमोण्टबासी सम्पूर्ण नेपालीहरुको तर्फबाट धन्यवाद  दिनुभएको थियो । 

कार्यक्रममा Youth UNESCO Club, USA को तर्फबाट नेपाली भाषा, संस्कृतिलाई प्रबर्दन गर्दै आईरहेकोले नेपालका चर्चित हास्य कलाकार  जितु नेपाल लाई “मुन्द्रे” लाई  उहांको योगदानलाई कदर गर्दै सम्मान गरिएको थियो।

पहिलो चरणको औपचारिक कार्यक्रक्रम समाप्त भए पश्चात हांस्य  कलाकार जितु नेपालको एकल प्रस्तुती  “जितु नेपाल मुन्द्रे  कमेडी ~ शो” भब्यताका साथ सम्पन्न भएको थियो ।

२०७९ भाद्र २३, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।