
काठमाडौं / भारतमा थप नया १२ हजार ८ सय ८१ जना कोरोना भाइरस सक्रमण देखिएको छ । भारतमा अब कुल संक्रमितको संख्या ३ लाख ६६ हजार ९ सय ४६ पुगेको समाचार एजेन्सीहरुले बतायका छन् ।
भारतमा बिहीबारसम्म १ लाख ६० हजार ३ सय ८४ संक्रमित उपचार गरि रहेका छन् । यस्तैगरी कोरोना संक्रमणको महामारीबाट १ लाख ९४ हजार ३ सय २५ भारतीयले सन्चो भै घर फर्किएका छन् । भारतको स्वास्थ्य अधिकारीहरुको हवाला दिँदै संचार संस्थाहरुले बिहीबार बिहानसम्म पछिल्लो २४ घन्टामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ३४ रहेको जनाएका छन् । योसँगै भारतमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १२ हजार २ सय ३७ पुगेको छ ।