मेयर बालेन शाहको विजय जुलुस शुरु

|

काठमाडौंको मेयर जितेका स्वतन्त्र उम्मेदवार बालेन साहको विजय र्‍याली शुरु भएको छ । शाहले आज मतदातालाई धन्यबाद दिने कार्यक्रम पनि छ। लौरो चुनाव चह्न लिएर स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन ६१ हजार ७६७ मतका साथ विजयी भएका हुन् ।
सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन् ।

सिनामंगलदेखी -एअरपोर्ट-तिलगंगा-गौशाला-चावहिल-महाराजगञ्ज-सामाखुसी-नयाँ वसपार्क-बालाजु-स्वयम्भू-सीतापाइला-कलंकी-बल्खु-कुलेश्वर-कालिमाटी-टेकु-सुन्धारा हुँदै खुलामञ्चमा र्‍यालीसहित धन्यबाद सभा गरिने भएको छ।

राष्ट्रिय सभा गृहबाट आज बिहान सुरू भएको र्‍याली भद्रकाली-त्रिपुरेश्वर-माइतीघर-बबरमहल-बिजुलीबजार-युएनपार्क कोरिडोर- शान्तिनगर-तीनकुने-कोटेश्वर-जडिबुटी-पेप्सीकोला क्षेत्रमा पुग्नेछ।

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।