
भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । महानगर प्रमुखमा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीविजयी भएका छन् ।
माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिएकी थिइन् । उनी ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी भएकी हुन् ।
यसपटक पनि उनले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४४९ मतले पछि पारिन् । सुवेदीले ३९ हजार ५८१ मत पाएका छन्
उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८०३ मतसहित विजयी भएका छन् । उनले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १९१ मत अन्तरले हराए । हिमलाको पक्षमा ३० हजार ६१२ मत परेको छ ।