डुडुवा गाउँपालिका वडा नं.५ मा झन्क बहादुर थापा विजयी

|

बाँके । नेकपा एमाले डुडुवा गाउँपालिका वडा न.५ का उम्मेदवार झन्क बहादुर थापाले १३९९ मत प्राप्त गरि विजयी भएका हुन । भने उनको प्रतिद्धन्द्धी नेपाली काग्रेसका बेल बहादुर बोहराले १२६२ मत प्राप्त गरेका थिए । जम्मा १३७ मत अन्तरले थापा बिजयी हुनु भएको छ । यस्तै जनता समाजवादी पार्टी, नेपालका रेशम राज न्यौपानेले १ सय ७, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का मनविर थापाले ९१, राष्ट्रिय प्रजातन्त्र पार्टीका गंगा राम यादवले ४४ मत प्राप्त गरेका छन ।

उहाँ विजयी भएपछि जनताको सेवामा सर्मपित हुने प्रतिबद्धता जाहेर गर्नु भएको छ । साथै आफुलाई अमुल्य मत दिई विजयी गराउनु भएका मतदाताहरुलाई पनि हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका पर्शुराम बुढाथोकीले डुडुवा गाउँपालिकाको वडा नं.५ मा विजयी हुनु भएको थियो । वडा नं.१ मा वडा अध्यक्ष सहित नेकपा एमालेको १ खुल्ला सदस्य बाहेक सम्पुर्ण प्यानल बिजयी भएको छ । विजयी घोषणा भएपछि नारा जुलुस गर्दै विजयी जुलुस गरिरहेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

२०७९ जेष्ठ २, सोमबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।