बढैयाताल गाउँपालिका वडा नं.१ मा प्रेम थापा क्षेत्री विजयी

|

बढैयाताल(बर्दिया) । नेकपा एमाले बढैयाताल गाउँपालिका वडा न.१ का उम्मेदवार प्रेम बहादुर थापा क्षेत्री १०१२ मत ल्याएर बिजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी नेपाली कांग्रेसका खेम मल्लले ९११ मत प्राप्त गर्नुभएको थियो । १०१ मतान्तरका साथ थापा विजयी हुन सफल हुनु भएको छ । उहाँ विजयी भएपछि जनताको सेवामा सर्मपित हुने प्रतिबद्धता जाहेर गर्नु भएको छ । साथै आफुलाई अमुल्य मत दिई विजयी गराउनु भएका मतदाताहरुलाई पनि हार्दिक आभार ब्यक्त गर्नु भएको छ ।

२०७४ सालको स्थानीय निर्वाचनमा पनि नेकपा एमालेका शेर बहादुर थापा मगरले बढैयाताल गाउँपालिकाको वडा नं.१ मा विजयी हुनु भएको थियो । बढैयाताल गाउँपालिका अध्यक्षका उम्मेदवार लाल बहादुर श्रेष्ठ पहिलो स्थानीय निर्वाचनमा पनि अध्यक्ष पदमा रहेर कार्य गरिसक्नु भएको छ । उहाँले पनि २९९९ मत गणना हुदाँ ११९४ ल्याएर अग्रपक्तिमा हुनु हुन्छ ।

वडा नं.१ मा वडा अध्यक्ष सहित नेकपा एमालेको सम्पुर्ण प्यानल बिजयी भएको विरेन्द्र थापाले जानकारी दिएका छन । विजयी घोषणा भएपछि नारा जुलुस गर्दै विजयी जुलुस समेत गरेका थिए ।

२०७९ बैशाख ३१, शनिबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।