
पुरैनी(बाँके) । नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ पुरैनीमा नेकपा एमालेका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् । नेकपा एमालेका तर्फ नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष साबिर अली दर्जी त्यसै गरि नेपालगन्ज उमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपतिदयाल मिश्र, उपमेयर पदका उम्मेदवार शान्ति ढकाल लगायत दर्जनौ नेता कार्यकर्ता पुरैनीमा घरदैलोमा पुगेर मतदानका लागि आग्रह गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ का वडा अध्यक्ष साबिर अली दर्जीले नागरिकको सेवा गर्न चुनावमा उठेको बताउनुभयो । लामो समय नेकपा एमाले पार्टीमा सक्रिय लागेको भएर सम्पुर्ण स्थानीय नागरिकहरु निष्ठावान उम्मेदवार पाएर खुशी रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं.२२ का गाउँ गाउमा जनताहरु सूर्यमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. २२ का लोनियनपुर्वा, साहपुर्वा र किगरियनपुर्वा लगायत अधिकांश गाउमा घरदैलो अभियान गरिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।