
डुडुवा(बाँके) । बाँके जिल्लाको डुडुवा गाउपालिकाको वडा नं.५ कम्दी गाउँमा नेकपा एमालेका उम्मेदवार घरदैलो अभियानमा सक्रिय भएर लागेका छन् । नेकपा एमालेका तर्फ डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष झन्क बहादुर थापा उम्मेदवार लगायत दर्जनौ नेता कार्यकर्ता कम्दीमा घरदैलोमा पुगेर मतदानका लागि आग्रह गरिरहेका छन् । डुडुवा गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष उम्मेदवार झन्क बहादुर थापाले आफनो जित सुनिश्चित भएको दाबी गर्नुभएको छ । लामो समय नेकपा एमाले पार्टीमा सक्रिय लागेको भएर सम्पुर्ण स्थानीय नागरिकहरु निष्ठावान उम्मेदवार पाएर खुशी रहेका छन् ।
डुडुवा गाउँपालिकाको वडा नं.५ मा नेकपा एमालेको लहर अहिले निकै चलेको स्थानीय बासिन्दा बताउँछन् । डुडुवा गाउँपालिकाका वडा नं. ५ का गाउँ गाउमा जनताहरु सूर्यमा मतदान गर्न आतुर भएको सर्वसाधारणहरुले बताउन थालेका छन् ।
आज डुडुवा गाउँपालिकाका खजुरा, बालापुर र कम्दी लगायत अधिकांश गाउमा घरदैलो अभियान गरिएको चुनाव प्रचारप्रसार समितिले जनाएको छ ।