Inland Empire मा Nepalese Welfare Society द्वारा बनभोज कार्यक्रम सम्पन्न 

|

नेपाली नयां बर्ष-२०७९ को उपलक्ष्यमा क्यालिफोर्निया स्थित Inland Empire मा गत आईतबारको दिन Nepalese Welfare Society द्वारा भव्य रुपमा सामुहिक बनभोज कार्यक्रम सम्पन्न गरिएको छ ।

 

क्यालिफोर्निया राज्यको Inland Empire लगायत आसपासका क्षेत्रमा नेपाली समुदायको उपस्थिति बृद्दी हुने क्रम जारी छ, यस क्षेत्रको नेपाली समुदायको जनसंख्यालाई संगठित गर्दै एक आपसमा भेटघाट तथा विभिन्न सामुदायिक कृयाकलापहरुका साथै आफ्नो नेपाली भाषा, सांस्कृतिक पहिचानलाई जीवन्त राख्ने उद्देश्यले स्थानियबासी नेपालीहरुको पहलमा  Inland Empire Nepalese Welfare Society को विधिवत स्थापना भएको छ।

साथै यस संस्थाले औपचारीक रुपमा आफ्ना गतिविधीहरु संचालन गर्ने क्रममा आईतवार विविध मनोरञ्नात्मक कार्यक्रमहरु सहित २५० जना  भन्दा बढी जनसमुदायको उपस्थितीमा  बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रमको प्रमुख अतिथि लसएन्जल्स निवासी महावाणिज्यदुत ऋषि ढकालले  संस्थाको  उद्देश्य प्राप्तिको लागी शुभकामना व्यक्त गर्दै संस्थाको दिगो विकासको निम्ति जिम्मेवार भएर लाग्न सवैमा हौसला मिलोस् भन्ने शुभेच्छा राख्दै आफ्नो सहयोग रहने प्रतिवद्दता ब्यक्त गरेका थिए।

यसै गरी उक्त कार्यक्रममा श्री पशुपतिनाथ फाउण्डेसनका उपाध्यक्ष एंव नेवा: अर्गनाईजेशन अफ साउदर्न क्यालिफोर्नियाको अध्यक्ष बिमल श्रेष्ठ, महासचिव रामेश्वर भण्डारी, सामाजिक अभियान्त देवि घिमिरे लगायत अन्य पदाधिकारीहरु, NRNA NCC USA का बोर्ड अफ डाईरेक्टर तथा गुरुङ सोसाइटी अफ लस एन्जलसका  अध्यक्ष  ज्ञानेन्द्र  गुरुङ, NRNA NCC USA क्यालिफोर्निया च्याप्टरका सल्लाहकार रामचन्द्र लामिछाने, NRNA NCC USA क्यालिफोर्निया च्याप्टरका पदाधिकारीहरु तथा NRNA अभियानताहरु लगायत थुप्रै सामुदायिक सदस्यहरुको बाक्लो उपस्थिति रहेको जानकारी संस्थाका कोषाध्यक्ष दीप शंकर सुबेदीले द वल्ड नेपाल न्युजलाई जानकारी गराउनुभएको छ ।

Egg Hunt, घैंटो फुटाउने जस्ता खेलहरुमा बालबालिकाहरु निक्कै  रमाएका देखिन्थे भने पाका र बयस्कहरुले सकृयारुपमा हौसला बढाईरहेका थिए।  कार्यक्रमको आर्को आकर्षण $७५ देखी $३०० सम्म नगद पुरस्कार प्रदान गरिएको BINGO खेल थियो।

 Inland Empire क्षेत्रमा बसोबास गर्नुहुने सबै मिलेर हाम्रो नेपाली भाषा, कला तथा संस्कृतिको विकास तथा प्रबर्दन गर्न  यस केन्द्रको स्थापना  गरेको साथै उक्त कार्यहरुलाई निरन्तरता दिन आफ्नै जमिन तथा भवनको अत्यावश्यक रहेको र सो को श्रोत व्यवस्थापन गर्नको लागी सहयोग संकलन कार्य शुभारम्भ भईसकेको संस्थाका अध्यक्ष सुशिल चौगाईले अवगत गराएका छन् ।

साथै बनभोज कार्यक्रम सम्पन्न गराउन ब्यबस्थापन पक्षमा जुट्नुहुने सम्पुर्ण स्थानियबासी नेपालीहरुलाई हार्दिक आभार ब्यक्त गर्दै यस महान कार्यलाई पूर्णता दिन आयोजकले यस क्षेत्रभित्र रहनुहुने वा क्षेत्र भन्दा बाहिर बसोवास गर्नुहुने सम्पुर्ण नेपालीहरुलाई सहकार्यको निम्ति आह्वान समेत गरेका छन् ।

२०७९ बैशाख ६, मंगलवार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।