अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा पहिलो अश्वेत महिलाको नियुक्ती

|

अमेरिकाको सर्वोच्च अदालतको न्यायाधिसमा पहिलो अश्वेत महिला केतन्जी ब्राउन ज्याक्सनको नियुक्ती आज सिनेटबाट सदर भएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले सर्वोच्च अदालतको न्यायाधिसमा केतन्जी ब्राउन ज्याक्सनलाई नियुक्ती प्रस्ताव गरेका हुन् । सर्वोच्चमा पहिलो अश्वेत महिलालाई नियुक्त गरेर बाइडेनले अमेरिकी इतिहासमा नै नयाँ रेकर्ड कायम गरेका छन् ।

५१ बर्षकी ज्याक्सन अमेरिकाको सर्वोच्च अदालतको २३३ बर्ष लामो इतिहासमा तेश्रो अफ्रिकन अमेरिकन हुनेछिन् भने पहिलो अश्वेत महिला हुनेछिन् । बाइडेनले गतबर्ष उनलाई वासिंटन डिसीमा रहेको पुनरावेदन अदालतमा पदोन्नती गर्नु अगाडि उनले झण्डै ८ बर्ष वासिंटनकै अदालतमा ८ बर्ष न्यायाधिसका रुपमा काम गरेकी थिइन् ।

सबै डेमोक्रेटिक सिनेटरहरु र तीनजना रिपब्लिकन सिनेटरहरुले केतन्जीको नियुक्तीका पक्षमा मतदान गरेका थिए । रिपब्लिकन सिनेटरहरु सुसन कोलिन्ज, मिट रोम्नी र लिसा मुर्कोस्कीले नियुक्तीका पक्षमा मतदान गरे ।नियुक्तीका पक्षमा ५३ मत र विपक्षमा ४७ मत खसेको थियो ।

अमेरिकी सिनेटबाट उनको नियुक्ती सदर भएपछि उनी सर्वोच्चमा उदारबादी न्यायाधिसका रुपमा अबका कैयन बर्ष रहनेछिन् । ज्याक्सनको नियुक्ती सर्वोच्चमा रहेको अहिलेको समिकरणमा भने फेरवदल हुने छैन । अहिले सर्वोच्चमा ६ जना रुढिवादी र ३ जना उदार न्यायाधिसहरु रहेका छन् ।

त्यस्तै उनको नियुक्तीपछि सर्वोच्चमा ५ जना पुरुष र ४ जना महिला न्यायाधिस हुनेछन् । यो पनि अमेरिकी इतिहासमा नयाँ रेकर्ड हो । सन् २००९ मा अमेरिकाको सर्वोच्च अदालतमा ८ जना पुरुष र एकजनामात्र महिला न्यायाधिस रहेका थिए ।

उदारवादी न्यायाधिस स्टेफन ब्रेयरकै स्थानमा उनलाई नियुक्त गरिने भएकाले पहिले कै समिकरण कायम रहनेछ ।
अहिले सोनिया सोटोमेयर, एलेना कागन र एमी कोने ब्यारेट सर्वोच्चका महिला न्यायाधिस हुन् ।

२०७८ चैत्र २४, बिहीबार प्रकाशित

निरन्तर समाचारको लागि तपाई हामीसँग फेसबुक / ट्विटरमायुट्युवमा पनि जोडिन सक्नुहुनेछ ।