
कपिलवस्तुमा सोमबार एमालेद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अभिनेत्री मानन्धरले सूर्यले ‘सोलार सिस्टम’ धानेको र सूर्यले नै नेपाललाई धान्ने बताउँदै आफ्नो न्वारानको नामसमेत सूर्जेकुमारी रहेको बताएकी हुन् ।
भाषणको सुरुवातमै एमाले उपाध्यक्ष विष्णु पौडेललाई वरिष्ठ उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष शंकर पोखरेललाई वरिष्ठ महासचिव भनेर सम्बोधन गरेकी उनले आफू भर्खरै मात्र एमालेमा प्रवेश गरे पनि यसरी बोल्ने अवसर दिएकोमा धन्यवादसमेत दिएकी थिइन्।
‘आज एउटा कुरा रिभिल गरिदिऊँ कि जस्तो लाग्यो। मेरो न्वारानको नामचाहिँ सूर्जेकुमारी हो है‚ उनले भनिन्‚ ‘सूर्यले सोलार सिस्टमलाई धानेको छ। सूर्यले नेपाललाई पनि धान्ने छ।
‘म एउटा नयाँ मान्छे। नेकपा एमाले पार्टीको निम्ति भर्खर छिरेको एउटा सदस्यलाई यसरी बोल्नलाई अगाडि सारेकोमा सबै नेतागणलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भनिन्‚ ‘यहीँबाट थाहा हुन्छ कि यो पार्टीको हृदय कति विशाल छ भनेर।
करिश्मालाई चैत ८ गते अध्यक्ष केपी शर्मा ओलीले एमाले प्रवेश गराएका थिए। एमालेमा प्रवेश गरेपछिको करिश्माले पहिलो पटक आमसभालाई सम्बोधन गरेकी हुन्।
एमालेलेमहिलाहरूलाई मौका दिने भन्दै अभिनेत्री मानन्धरले हरेक वर्ग‚ तह‚ तप्काका मानिसहरूलाई पार्टीले महत्त्वका साथ हेर्ने बताइन्।