
बाँके / नेकपा माओवादी केन्द्र परित्याग गरी चन्द्र प्रकाश श्रेष्ठ र सुधा सिंहआज एमाले प्रवेश गरेका छन। उनीहरुलाई एमाले पार्टी अध्यक्ष किस्मत कुमार कक्षपतिले पार्टीमा स्वागत गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका वडा न १० का श्रेष्ठ र सिंह विगत लामो समय देखी माओवादी केन्द्रमा आवद्ध थिए ।
उनीहरु दुवै जनाले एमाले पार्टी कार्यालय गएर माओवादी परित्याग गरी एमाले रोजेका हुन । माओवादी केन्द्रले जनताको भावना विपरित काम गर्दै आएका कारण देशको रक्षा र अखण्ड नेपालको अस्तित्व एमाले मात्र पुरा गर्ने हुँदा एमालेमा प्रवेश गरेको उनीहरुले बताएका छन।