
काठमाडौं । सत्तारुढ गठबन्धनले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको गठबन्धनको बैठकले जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न र निर्वाचन आयोगसंग छलफल गरेर मिति तोक्न प्रधानमन्त्री मार्फत सरकारलाई सुझाव दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
उनले जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने बताए । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रिया अघि बढाउन पनि सरकारलाई सुझाव दिएको कार्कीले जानकारी दिए ।निर्वाचन आयोग लगायत निकायबाट स्थानीय तहको चुनावको मिति तोक्न ताकेता भइरहेका बेला गठबन्धनले जेठभित्र निर्वायच गर्ने निर्णय गरेको हो ।