प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटीले नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग राख्दै प्रधानमंत्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रीय कमिटीले नेपालमा परराष्ट मन्त्रालय तथा निर्वाचन आयोगमा र महादेशिय कमिटी तथा राष्ट्रीय कमिटीहरूले आज एकै दिन संसार भरिका नेपाली दुतावासहरूमा नेपालको नागरिकता कायम रहेका तर अध्ययन ,रोजगारी र विभिन्न पेशा व्यवसाय गरी प्रवासमा रहेकाहरुलाई सोही ठाउँबाट नेपालको निर्वाचनमा मतदानको व्यवस्था गर्न माग राख्दै सम्मानिय प्रधानमंत्रीलाई ज्ञापनपत्र वुझाएको छ ।
यसरी ज्ञापन पत्र वुझाउने क्रममा प्रवासी नेपाली मन्च अमेरिका राष्ट्रीय कमीटीले अमेरिकाको वाशिंगटनडिसीस्थित नेपाली दुतावासमा मन्चका अध्यक्ष तथा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका प्रचार विभाग प्रमुख प्रभुराम थापा , सचिव कृष्ण प्रसाद लामिछाने ,न्युयोर्क,पेन्सिलभेनिया ,मेरिल्यान्ड र भर्जिनिया राज्य कमिटीका साथिहरूको सहभागितामा कार्यवाहक राजदुत कुमार खरेललाई ज्ञापनपत्र बुझायो ।
सो अवसरमा ज्ञापनपत्र बुझ्दै कार्यवाहक राजदुत कुमार खरेलले महत्वपूर्ण विषयको उठान गरेकोमा मन्चलाई धन्यवाद दिदै यसलाई सम्मानिय प्रधानमंत्री समक्ष पठाउनेछौ भन्नु भयो र साथै दुतावासका ईकोनिमिक काउन्सिल होमकान्त भन्डारीको पनि उपस्थिति थियो ।
अन्तर्राष्ट्रीय कमिटी सचिवालय सदस्य डा विमला भन्डारी र भक्त गुरूग्ग लगायतका साथिहरूले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पोख्रेल र प्रमुख निर्वाचन आयूक्त दिनेश थपलियालाई बुझाउनु भयो भने प्रवासमा सम्वन्धित महादेश र देशका प्रवासी नेपाली मन्चका अध्यक्ष /सचिवको नेत्रित्वमा बुझाईएको कुरा प्रवासी नेपाली मन्च अन्तर्राष्ट्रीय कमिटीका सचिवालय सदस्य,प्रचार विभाग प्रमुख तथा अमेरिका अध्यक्ष प्रभुराम थापाले जानकारी दिनुभएको हो ।